शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हात नलागेको विरासत : मेस्सी, रोनाल्डो र अन्तर्राष्ट्रिय प्रभुत्वको युद्ध

शनिबार, ०९ असार २०७५, १३ : १८
शनिबार, ०९ असार २०७५

१. विश्व फुटबलमा जगतमा उठ्ने विभिन्न प्रश्नहरुमध्ये एउटा प्रश्नले पछिल्लो समय फुटबल प्रेमीहरुलाई विभाजित गर्ने गरेको छ – के कुनै खेलाडीले महान खेलाडीको हैसियत पाउनको लागि आफ्नो क्लब र देश दुबैलाई प्रमुख उपाधीहरु दिलाउनु आवश्यक हुन्छ ? अथवा के घरेलु र अन्तर्राष्ट्रिय मैदान दुबैमा सफल नभई सर्वकालिन महान् हस्ती माझ उभिन सकिन्छ ?

यो बहस फुटबल प्रेमीहरुले सोमरस खाएपछि झनै चर्को हुने गर्छ । गिलास रित्तिँदै गर्दा कुनै खालको मैत्रिपूर्ण सम्झौताको सम्भावना झनै टाढिन्छ ।

खेलाडीहरुको लागि यो प्रश्न त्यति महत्वपूर्ण हुँदैन । खेलका भित्रियाहरुले यो आधारहीन विषयगत प्रस्तावना बारेमा थोरैमात्र सोच्ने गर्छन् । तथापि समकालिन विश्व फुटबलमा दुई यस्ता खेलाडी छन् जसको वरिपरि यो प्रश्न सबैभन्दा बढी केन्द्रित हुने गर्छ । 

यो प्रश्न यिनका लागि पछिल्लो समय झनै सान्दर्भिक बनेको छ ।

क्लब स्तरीय खेलमा एक दशकदेखि लगभग अतुलनीय प्रभुत्व जमाइरहेका यी दुई महान् खेलाडी सन् २०१६ को गृष्ममा लगभग एकैपटक आ–आफ्नो देशबाट महादेश स्तरको खेल प्रतियोगितामा सहभागी हुन गए । त्यो समयसम्म दुबैले आफ्नो देशको लागि कुनै प्रमुख अन्तराष्ट्रिय उपाधी दिलाउन सकेका थिएनन् ।

दुबैको देश प्रतियोगिताको फाइनलमा पुग्यो । २६ जुन २०१६ मा लियोनेल मेस्सीले आफ्नो देशको तर्फबाट कोपा अमेरिका सेन्टेनरीओको फाइनलमा चिलीविरुद्धको खेलको नेतृत्व गरे । त्यसको ठीक दुई हप्ता पछि क्रिष्टियानो रोनाल्डो युरो २०१६ को फाइनलमा फ्रान्सविरुद्धको खेलमा आफ्नो टिमको कप्तानी सम्हाले ।

यस क्रममा दुवै आफ्नो देशलाई जिताउन कति व्यग्र छन् भन्ने भाव लुकाउन सकिरहेका थिएनन् । रोनाल्डोले पोर्चुगललाई आफ्नो नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा फाइनलमा पु¥याएका थिए भने मेस्सी चौँथो पटक कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा थिए ।

आफ्नो ज्यानले भ्याएसम्म गरेका दुवै खेलाडीहरुले खेल सकिएको सिट्टी बझ्दा आँसु चुहाए । तर दुईले आँशु झार्नुको कारण भने फरक फरक थियो । मेस्सीको टिम पुनः एक पटक फाइनलमा दोश्रो भएको थियो ।

रोनाल्डोको आँशु भने खुसीको आँशु थियो । अतिरिक्त समयमा एक मात्र गोल गरेर रोनाल्डोका सहकर्मीहरुले धेरैले जित्छ भन्ने आशाका साथ हेरेको आयोजक फ्रान्सलाई हराएर पहिलो पटक युरोप फुटबलमाथि कब्जा गरे ।

जितको लागि खेलाडीहरुबाट कठिन परिश्रमको माग हुने प्रतियोगिता विश्वकप मात्र होइन । तर यो तस्वीर निर्माणमा प्रयोग भएका ‘पजल’मा एउटा नयाँ र पृथक यस्तो टुक्रा पनि छ जसमा हाम्रो समयको महान् प्रतिद्वन्दिता अंकित भएको छ ।

दुई अलग रातका आँसु जसले प्रतिद्वन्दिताको तस्वीरलाई पखालेर आफ्ना सपनाले नाङ्गिएका दुई सास फर्ने मानिसहरुलाई सबै सामू साक्षात्कार गराउयो, त्यो भन्दा पर रसियामा हुने यस विश्वकपले रोनाल्डोलाई पहिलो स्थानमा गर्विलो दावी प्रस्तुत गर्ने अबसर प्रदान गर्ने छ । यसले मात्र उनी माथिको शंका निवारण हुनेछ । 

मेस्सीको लागि यो प्रतियोगिता आफ्नो प्रतिस्पर्धीको अतुलनीय अन्तर्राष्ट्रिय नियन्त्रणको प्रष्ट जवाफ दिने अवसर हुनेछ । यसले मात्र उनलाई आफ्नो देशमा सर्बत्र स्वीकारिने वातावरण प्रदान हुनेछ ।

२.
जसरी स्वतन्त्रताकी देवी मारिया फ्रान्सकी प्रतिक हुन्, जसरी अकंल स्यामलाई अमेरिकाको देशप्रेमको मुर्त रुप मानिन्छ त्यसरी नै मेस्सी र रोनाल्डोले आफ्नो देशको प्रतिनिधित्व गर्छन् । निःशन्देह, यदी यी मध्ये

कुनै एकले यो विश्वकपमा आफ्नो देशलाई उपाधी दिलाएमा उसको नाम विश्वभरका मिडियामा छाउनेछ ।

तर, अवस्था सधैं यस्तो गौरवपूर्ण थिएन । 

कुनै समय यी दुबै खेलाडी आफूले मानेका नायकहरुको बाटोमा हिँड्ने सपना देख्ने किशोर थिए ।

दुईमध्य जेठा रहेका रोनाल्डोले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा प्रवेश गरेका थिए । उनले सन् २००३ अगस्टमा कजाकस्तानविरुद्धको खेलको दोश्रो हाफमा सब्सिटिच्युटको रुपमा देशबाट खेल्न शुरु गरे । 

त्यसको एक हप्ता अघि मात्र युरोपको ठूलो क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका यी १८ वर्षेको पहिलो खेल तुलात्मक रुपमा उल्लेखनीय रहेन ।

रोनाल्डोको यो पहिलो खेलको दुई वर्ष पछि २००५ अगस्टमा मेस्सीले पहिलो अन्तर्राष्ट्रिय खेलमा प्रवेश गरे । मेस्सी हङ्गेरीविरुद्ध खेलको दोश्रो हाफमा लिसान्द्रो लोपेजको विकल्पमा मैदान प्रवेश गरेका थिए । 
मेस्सीको डेब्यु खेल रोनाल्डोको भन्दा खराब रह्यो ।

बल अघि बढाइरहँदा हङ्गेरीका डिफेण्डरले उनको सर्ट बलियो गरि ताने पछि उनले देखाएको भौतिक प्रतिक्रियामा मेस्सीलाई रेड कार्ड दिइयो । परिणामत मैदानमा प्रवेश गरेको जम्मा ४३ सेकेण्डमै उनको पहिलो अन्तर्राष्ट्रिय डेब्युको अन्त्य भयो । 

उनका टिमका अन्य सदस्यहरु पछि ड्रेसिङ रुममा फर्कदाँ १८ वर्षे मेस्सी रोइरहेका थिए । उनी आफ्नो देशलाई प्रभावित पार्ने अवसर गुमाएकोमा दुःखी थिए । 

त्यी दुबै खेलमा निकट भविष्यमा फुटबल जगतमा यिनले देखाउने अधिपत्यको संकेत थिएन ।

सायद दुवै खेलाडीले देशको टिममा यस्तो प्रभावहीन शुरुवात चाहेका थिएनन् । 
३.

रोनाल्डोले आफ्नो देशको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउने पहिलो अवसर युरो २००४ मा पाए । त्यो बेलासम्म देशको टिमको लागि ७ खेलमात्र खेलेका रोनाल्डोलाई अन्तर्राष्ट्रिय खेलमा अझै पनि आलोकाँचो रुपमा नै हेरिन्थ्यो । तथापी पोर्तुगालीहरुले उनीमाथि उपाधीको आस गर्न थालिसकेका थिए ।

पोर्चुगलमा नै सम्पन्न भएको उक्त प्रतियोगिताको ओपनिङ खेलमा रोनाल्डोले आफ्नो देशको लागि पहिलो गोल गरे । तथापी उनको गोलले ठूलो उत्सब निम्त्याउन सकेन । अन्तिम समयतिर भएको उक्त गोल प्रतिद्वन्दी ग्रीसले हानेको २ गोलका अघि जितका लागि पर्याप्त भएन । यो हारपछि पोचुर्गललाई अर्को समूहमा जानको लागि समूहमा रहेको रसिया र स्पेनलाई जित्नै पर्ने दबाब भयो ।

आठ दिनपछि भएको खेलमा पोर्चुगलले एक गोल गरेर स्पेनलाई हरायो । पोर्चुगलले समूहको अर्को देश रसियालाई दुई गोलले हराएर समूह विजेता हुदै अर्को समूहमा पुग्यो । 

अर्को चरणमा पोर्चुगल यी दुई खेलको जीतबाट हासिल भएको आत्मविश्वास संगालेर बेलायतसँग खेल्न गयो । सदा सिर्जनशिल रहने डेको र अनुभवी कप्तान लुइस फिगोको साथ रहेको पोर्चुगलको टिममा रोनाल्डोले पुन एक पटक बायाँ साइडबाट खेले । निर्धारित समयमा दुबै टिमबाट बराबरी भए पछि खेल अतिरिक्त समयमा गयो । 

त्यस समयमा पनि निर्णायक गोल हुन नसकेपछि हार जितको निर्णय पेनाल्टीबाट हुने भयो ।

पहिलो पेनाल्टीमा बेलायतका डेभिड बेकह्यामले बल गोलपोस्ट माथिबाट हानेपछि पोर्चुगललाई केही राहत भयो । तर, पोर्चुगलका रुई कोस्टाले उस्तै बल हानेपछि दुबै बराबरीको अवस्थामा फर्किए ।

त्यसपछिको दुबै पक्षबाट तीन प्रहार गोलमा परिणत भयो । खेलको निर्णय पोर्चुगलका किपरले गरे । अन्तिम पेनाल्टी आफैले गोलमा परिणत गरेर गोलकिपिङ गर्न गएका किपर डरियस भेसलले बेलायतका सोल क्याम्बेलले हानेको बल रोकिदिए ।

अब पोर्चुगलको फाइनलको सपनाबीचमा नेदरल्याण्डमात्र थियो । नेदरल्याण्ड आफै डेनमार्कलाई पेनाल्टीमा हराएर आएको थियो । नेदरल्याण्डको टिममा स्टार खेलाडी हुदाँ हुदै पनि पोर्चुगलमा उसलाई हराउन सक्छु भन्ने आत्मविश्वास थियो । 

रोनाल्डोले पहिलो हाफको आधा समयतिर हानेको गोलले यो विश्वासमा बल प्रदान ग¥यो । तर, त्यसपछि पोर्चुलगका एन्ड्रडेबाट भएको आत्मघाती गोलले यो सपनामा बादल छाउन थाल्यो । तर यो आत्मघाती गोल पोर्चुगलका मनिचको एक घण्टाअघि गरेको उत्कृष्ट गोलपछि आएको थियो । र, नेदरल्याण्डको पक्षबाट थप कुनै गोल हुन नसकेपछि उनीहरुको फाइनल सपना साकार भयो । 

फाइनलमा उनीहरुको भेट ग्रिससँग भयो । क्वाटरफाइनलमा फ्रान्सलाई १–० ले हराएको ग्रिसले सेमिफाइनलमा चेक रिपब्लिकलाई हराएर फाइनल प्रवेश गरेको थियो । 

प्रतियोगितामा सबैभन्दा कमजोर मध्य एक मानिएको टिम ग्रिससँग परेपछि सबैले पोर्चुगोलले युरो कप उचाल्ने ठानेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दाश्रो हाफमा पोर्चुगलले हान्ने एउटै गोलले खेलको निर्णय हुने ठानिएको थियो । तर, त्यसको ठीक विपरित ग्रिसले आफूले पाएको कर्नरलाई सही सदुपयोग ग¥यो । उक्त कर्नर प्रहारलाई ग्रिसका ६ फिट ३ इन्च अग्ला खेलाडी आन्द्रिेस चरिस्टीयसले गोलमा परिणत गरिदिए । 

त्यसपछि पोचुगलले गरेको गोल फर्काउने प्रयासहरु सफल हनु नसकेपछि पोर्चुगलको सपना दुस्वप्नमा बदलियो । 

प्रतियोगिता शुरु हुँदा ८० मा १ जित्ने सम्भावना भएको भनिएको ग्रीसले युरो कप उचाल्यो ।

ग्रीसको विजयपछि रङ्शालामा देखिएको ग्रीसका समर्थकहरुको खुसी र कयैनको अविश्वास रोनाल्डोले आँखाभरि आँसुसहित हेरे । देशको टिमबाट पहिलो ठूलो प्रतियोगितामा रोनाल्डोको सहभागी यसरी आँसुमा सकियो ।

४.

मेस्सी र रोनाल्डो दुवै सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर जर्मनीले पायो । यो चर्चित राष्ट्रले सन् २००६ मा विश्वकप आयोजना ग¥यो । 

प्रतियोगितामा दुवै खेलाडीका देश आफ्नो समूह चरणमा समूह विजेता भएर क्वाटर फाइनल प्रबेश गरे । तर त्यसपछिका बाटो उनीहरुको लागि सहज थिएन ।

क्वाटरफाइनलमा अर्जेन्टिना आयोजक जर्मनीसँग हा¥यो भने पोर्चुगल भने सेमिफाइनलसम्म पुग्यो । यस विश्वकपमा रोनाल्डोको ब्याड ब्वाई छवी बन्यो, विशेष वेयन रुनीको रेड कार्ड दिलाउन उनले निभाएको भूमिकाको लागि । 

सेफीफाइनलमा रोनाल्डोको टिमको जिनेदिन जिदानको फ्रान्ससँग भेट भयो यसक्रममा पेनाल्टीमा पोर्चुगल पराजित भयो । 

२००६ को विश्वकपमा दुवैले आफ्नो देशमा आफूहरुमाथि गरिएको आशा पुरा गर्न सकेनन् ।

५.
त्यसको केही वर्षपछि बढी परिपक्व भएका मेस्सीले उनको पहिलो अन्तर्राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गरे । 

उनको देश पछिल्लो पटक सन् २००४ मा प्रमुख अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । रोनाल्डो सहभागी रहेको युरो २००४ भएको तीन हप्तापछि भएको कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिना आफ्नो चिर प्रतिद्वन्द्वी ब्राजिलसँग हारेको थियो । 

पेनाल्टीमा ४–२ को नतिजामा ब्राजिलसँग हारेको खेल मेस्सीले मैदानबाहिर बाटै हेरेका थिए । त्यसको एक वर्षपछि मात्र मेस्सी अर्जेन्टिनाको टिममा सहभागी भएको हुन् ।

सन् २००७ मा आफ्नो उत्कृष्ट आक्रामक टिम र उदाउँदो मेस्सीको साथ पाएको अर्जेन्टिना ब्राजिलसँग बदला लिने उद्देश्यले आयोजक राष्ट्र भेनेन्जुयला पुग्यो ।

तर, रोनाल्डो जस्तै मेस्सीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल आँसुमा सकियो । अर्जेन्टिनालाई पुनः ब्राजिलले घुँडा टेकायो ।

६.
त्यसपछिका आठ वर्षमा रोनाल्डोको लागि अन्तर्राष्ट्रिय फुटबलमा थोरैमात्र बदलाब भयो । अन्तर्राष्ट्रिय खेलमा उनको प्रतिष्ठा बढिरहँदा र देशको टिममा कप्तानको रुपमा प्रभाव बढेको अवस्थामा पनि उनले देशलाई उपाधी जिताउन सकिरहेका थिएनन् । 

प्रत्येक प्रतियोगितामा उनको देशको लगभग समान पीडादायी कथा दोहोरिन्थ्यो । शुरुमा बलियो रुपमा छनौट हुने, समूह चरणमा तुलानात्मक राम्रो खेलेर अघि बढ्ने त्यसपछि अघिल्ला चरणमा बलियो टिमसँग घुँडा टेक्ने । केही महत्वपूर्ण खेलमा पोर्चुगलको त्यो ‘प्यार्टन’ यस्तो रह्यो : यूरो २००८ मा जर्मनीसँग पराजित, विश्वकप २०१० मा स्पेनबाट पराजित र यूरो २०१२ मा पुनः स्पेनबाट पराजित ।

यूरो २०१२ मा उनी २७ वर्षका भइसकेका थिए । त्यस बेलासम्म अन्तर्राष्ट्रिय फुटबलमा एक दशक बिताइसकेका रोनाल्डोको खेलमा धेरैले  किशोर अवस्थाभन्दा बढी परिपक्वता महसुस गरेनन् । 

७.
सन् २००७ को असफलता पछि मेस्सीको लागि अर्को ठूलो अवसर विश्वकप २०१० मा आयो ।  २००९ र २०१० को दुई घरेलु सिजनमा बार्सिलोनाले ७ वटा ट्रफी उचालिसकेको थियो । नयाँ प्रशिक्षक पेप ग्वार्डियोलाको निगरानीमा मेस्सी आफ्नो जीवनकै उत्कृष्ट लयमा थिए । 

त्यसैले विश्वकपमा अर्जेन्टिनाका नागरिकहरुले आफ्ना यी खेलाडीले बार्सिलोनामा देखाएको जादु दोहराउने विश्वासमा उनीमाथि ठूलो आश गरेका थिए । 

समूह चरणको तीन खेलमा अर्जेन्टिनाले आफ्ना प्रतिद्वन्दीहरु नाइजेरिया  दक्षिण अफ्रिका र ग्रीस सबैलाई पराजित ग¥यो । समूह चरणमा अर्जेन्टिनाले सात गोल गर्दा नाइजेरियाबाट मात्र एक गोल खायो । तर ती सात गोलमा उक्त सिजनको व्यालोन डिओर विजेता र फिफा वर्ष खेलाडीले एक गोल पनि गरेका थिएनन् । तर उनको टिमले गरेको तीन गोलमा उनको पास थियो । त्यसैले उनको टिमको जितमा उनको प्रभावलाई स्वीकारियो ।

क्वाटर फाइनलमा अर्जेन्टिनाको भेट मेक्सिकोसँग भयो । त्यस खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ३–१ गोलले पराजित ग¥यो । यो जितमा कार्लोस टेभेज र गोन्जालो हिउगिनले गोल गरे । तर मेस्सीले पुनः गोल गर्न सकेनन् ।

क्वाटर फाइनलमा अर्जेन्टिनाको भेट जर्मनीसँग भयो । यसमा अर्जेन्टिनाका कुनै फरवार्ड चम्कन सकेनन् । अर्जेन्टिनाका फरवार्डले जर्मनीको प्रतिरक्षा तोड्न नसकिरहेको बेलामा जर्मनी भने निक्कै आक्रामक हिसाबले अघि बढी रह्यो । अर्जेन्टिनाको प्रतिरक्षाले जर्मनीको आक्रमणलाई कसरी रोक्ने भन्ने बारेमा अन्यौलमा रहिरहँदा जर्मनीले चार गोल हानिसकेको थियो ।

यदी भूभूजेलाको निरन्तरको आवाज हुँदैन थियो भने अर्जेन्टिनाको पीडाको कन्दन कोसौं टाढा सुनिन्थ्यो होला ! यो हारसँगै सन् १९८६ मा खेलाडीको रुपमा अर्जेन्टिनालाई विश्वकप जिताएका म्यारोडोना पनि कोचको रुपमा असफल भए ।

यो हारमा पनि मेस्सीले पुनः रोनाल्डो नियती पछ्याए । उनको देश पुनः अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताबाट रित्तो हात फर्कियो ।

८.
सन् २०११ मा अर्जेन्टिनालाई आफ्नो देशमा आयोजना हुन लागेको कोपा अमेरिका जितेर लामो समयदेखिको उपाधीको खडेरी हटाउने अवसर आयो । तर यो प्रतियोगितामा उनीहरुको प्रदर्शन झनै खराब रह्यो ।
समूहमा कोष्टारिकालाई मात्र जितेको र समूहका अन्य राष्ट्रहरु बोलिभिया र कोलम्बियाबीचको खेल बराबरी भएपछि मात्र भाग्यले क्वाटर फाइनल पुगेको अर्जेन्टिनाको भेट उरुग्वेसँग भेट भयो । १–१ को बराबरीको अवस्थामा नियमित खेल सक्किएपछि पेनाल्टीमा गएको खेलमा टेभेजले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना बाहिरियो ।

९.
त्यसको तीन वर्षपछि भएको २०१४ को विश्वकपमा अर्जेन्टिना अत्यन्त आत्मविश्वासका साथ ब्राजिल गएको थियो । कप्तानका रुपमा चुनिएका मेस्सीले २०१२ मा सम्पूर्ण खेलहरुमा ९१ गोल गरेका थिए ।

पोर्चुगल पनि ब्राजिलमा त्यही आशामा गएको थियो । हुनत उनीहरुको टिम अर्जेन्टिनाको समग्र टिमजस्तो त थिएन तर रोनाल्डोले घरेलु प्रतिस्पर्धामा मेस्सीलाई प्रतिस्पर्धा दिएका थिए । यहाँ सम्म कि त्यो बीचमा उनले २०१३ र २०१४ मा वर्ष खेलाडीको उपाधी मेस्सीबाट खोसेका थिए । तर उनीहरुहरुको विश्वकप प्रदर्शन अर्जेन्टिनाजस्तो राम्रो रहेन । पोर्चुगल समूहका अन्य राष्ट्रहरु जर्मनीसँग ४–० ले पराजित, अमेरिकासँग २–० ले पराजित भएपछि घानासँग २–१ को जीत मात्रै उसलाई नक आउट चरणमा लान प्रयाप्त भएन ।

समूह चरणमा मेस्सीको टिमले त्यति राम्रो भन्न सकिने खेल नखेलेको भए पनि सबै खेलमा जित हासिल ग¥यो । बोस्निया हर्जगोभिनासँग २–१, इरानसँग १–० र नाइजेरियासँग ३–२ को परिणाम ल्याएर ऊ नकआउट चरणमा पुग्यो । ग्रुप अफ १६ र क्वाटर फाइनलमा उसको भेट क्रमशः स्वीट्जरल्याण्ड र त्यसपछि बेल्जियमसँग भयो । दुवै खेलमा धेरै गोल गर्न नसकेको भए पनि अर्जेन्टिनाको राम्रो प्रतिरक्षाको सहायताले उनीहरुले हानेको एक गोलनै जितको लागि प्रयाप्त भयो ।

फाइनलमा उनीहरुको भेट जर्मनीसँग भयो । जर्मनी अर्जेन्टिनाको चिर प्रतिद्वन्दी ब्राजिललाई आश्चर्यजनक रुपमा उसकै देशमा ७–१ गोलले पराजित गरेर फाइनल आएकाले खेल अर्जेन्टिनाका लागि सहज हुने वाला थिएन । 

खेलको प्रारम्भमा अर्जेन्टिनाले राम्रो खेल देखायो । खेलको पहिलो हाफमा टोनी क्रुजले आफ्ना गोलकिपरलाई दिएको ब्याकपास अगाडी बसेका हिग्वाइनको नजिक आएको थियो तर सिरि एका यी स्ट्राइकरले यो बललाई गोलमा परिणत गर्न सकेनन् । 

जर्मन पक्षको गोल गर्ने प्रयासलाई अर्जेन्टिनाको उत्कृष्ट प्रतिरक्षाले सफल हुन दिएन । निर्धारित समयमा कसैले गोल गर्न सकेनन् । थपिएको समयमा पनि गोल हुने छाटकाँट देखिएको थिएन । खेल पेनाल्टी तर्फ अघि बढेको जस्तो लागिरहेको थियो तर सब्च्युच्युटमा आएका जर्मन खेलाडी मारियो गोटजेले अन्तिम समय तिर अर्जेन्टिनाविरुद्ध गोल गरे । गोलसँगै जर्मनीले चौथो पटक विश्वकप उचाल्यो ।

प्रतियोगिताको अन्त्यमा मेस्सीले गोल्डेन बल पाए । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई दिइने यो उपाधी उनको लागि पर्याप्त भएन । उनको राष्ट्र र उनले ज्यान दिएर चाहेको उपाधी अर्को चार वर्षको लागि गुमेको पीडामा रहेको संसारले देखेको थियो ।

१०.
अर्को जुनमा कोपा अमेरिका २०१५ चिलीमा शुरु भयो । त्यसमा अर्जेन्टिनाले सजिलै समूह चरण पार ग¥यो । क्वाटर फाइनलमा अर्जेन्टिनाले बलियो डिफेन्सिभ खेल खेलेको कोलम्बियालाई पेनाल्टीमा हरायो ।

सेमी–फाइनलमा उसलाई पारागुएले पर्खिरहेको थियो । ऊ विरुद्ध ६–१ को गोलअन्तर बनाएर अर्जेन्टिनाले खेल जित्दा पनि मेस्सीले कुनै गोल गर्न सकेनन् तर त्यस खेलमा भएको तीन गोलमा मेस्सीको सहयोग थियो ।

हुनतः चिल्ली कोपा अमेरिकाको इतिहासमा तीन पटक फाइनलमा पुगिसकेको थियो तर एक पटक पनि उसले यो कप जितेको थिएन ।

फाइनल खेलमा दुबै पक्षले गोलको धेरै अबसरहरु गुमाए । 

तर अन्त्यमा चिल्लीका फरवार्ड सान्चेसले आफूले पाएको अवसर गोलमा परिणत गरे र चिल्लीलाई पहिलो अन्तर्राष्ट्रिय उपाधी दिलाए । यो पटक पनि अर्जेन्टिनाको उपाधीको सपना टुट्यो ।

११.
चिलीमा भएको कोपा अमेरिकाको दुस्वप्नको एक वर्ष भित्रै अर्जेन्टिनाले चिलीसँग बदला लिने अवसर पायो । अमेरिकामा आयोजना भएको कोपा अमेरिका सेन्टनारियोको फाइनल पुगेको अर्जेन्टिनाले प्रतिदवन्दीको रुपमा पुनः चिली पाएको थियो ।

कोपा अमेरिका आयोजना हुन थालेको सय वर्ष पुगेको अवसरमा आयोजना भएको यस खेलमा केही पुराना प्रचलनहरु टोडिएका थिए । पहिलो पटक यो प्रतियोगिता दक्षिण अमेरिका बाहिर आयोजना गरिएको थियो । त्यस्तै पहिलो पटक प्रतियोगितामा १६ भन्दा बढी टिम सहभागी भएका थिए ।

निर्धारित समय र थपिएको समयमा पनि गोल रहित बराबरीको अवस्था पछि खेलको निर्धारण पेनाल्टीबाट हुने भयो । 

दब्र टिमले पेनाल्टी शुटआउटमा शुरुका चार पेनाल्टी प्रहार गोल गरेपछि चिलीका गोलकिपर क्लाउडियो ब्राभोले लुकास बिग्लियाको प्रहारलाई रोके । जँ बिउसेजोरले आफ्नो गोल प्रहार गरे र अन्तिममा पेनाल्टी

हान्न आएका चिलीका फ्रान्सिस्को सिल्भाको हातमा आफ्नो देशलाई लगातार उपाधी जिताउने अबसर आयो । सिभाको गोल मेस्सीले बेन्चबाट हेरेका थिए । 

चिलीको जित पछि मेस्सीले आफ्नो दुःखको भाव दबाउन सकेनन् । लगातार तीन वर्ष उनको नेतृत्वमा उनको राष्ट्र प्रमुख प्रतियोगिताको फाइनल पुग्यो तर उपाधी उचाल्न असफल भयो ।

त्यही आबेगमा उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए । 

तर, मेस्सीलाई टिम फर्काउन भएको देशव्यापी अभियान पछि दुई हप्तामा नै २९ वर्षका मेस्सीले “अर्जेन्टिनी फुटबलमा धेरै समस्याहरु देखेको छु र म यसमा अर्को समस्य थप्न चाहन्न” भन्दै आफ्नो सन्यास फिर्ता लिए ।

१२.
मेस्सीको कोपा अमेरिका सेन्टेनारियोको फाइनलको दुई हप्ताभन्दा कम समयमा रोनाल्डोको पोर्चुगलले फ्रान्समा युरो २०१६ प्रतियोगितामा खेल शुरु ग¥यो । 

समूह चरणमा आइसल्याण्ड, अष्ट्रिया र हङ्गेरी सबैसँग बराबर खेलेर तीन अङ्क पाएर पोर्चुगल दोश्रो चरणमा प्रबेश गरेको थियो ।

राउण्ड अफ १६ मा क्रोयशियासँग ०–० को अङ्क तालिकामा अघि बढिरहेको अवस्थामा अन्तिम समयमा रोनाल्डोको पासलाई रिकार्डो क्वारेस्माले हेडमार्फत गोलमा परिवर्तन गरेपछि पोचुर्गल क्वाटरफाइनलमा पुग्यो ।

क्वाटर फाइनलमा पोल्याण्डसँगको परिणाम अतिरिक्त समयमा पनि १–१ को अवस्था रहेपछि खेल पेनाल्टीमा प्रवेश ग¥यो । पोर्चुगलले सम्पूर्ण पाँचवटै पेनाल्टीलाई गोलमा परिणत गरेपछि जब पोल्याण्डबाट अन्तिममा पेनाल्टी हान्न आएका जकुब ब्लास्ज्कोस्कीको प्रहार पोर्चुगलका किपर रुई प्यार्टिसियोले राकिदिएपछि पोर्चुगलको सेमीफाइनल प्रवेश पक्का भयो ।

सेमी फाइनलमा पोर्चुगलको भेट वेल्ससँग भयो । यो खेलको रोचक पक्ष रियल म्याड्रिडमा सँगै खेल्ने गेरेथ बेल र रोनाल्डो एक अर्का विरुद्ध खेलिरहेका थिए ।

खेलको दोश्रो हाफमा पोर्चुगलले पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि रोनाल्डोले आफूलाई तत्कालिन समयमा उनको क्लबले विश्वमा सबैभन्दा महङ्गो रकम तिरेर किनेको बेलभन्दा अब्बल रहेको प्रमाणित गरे ।

यो खेलको जीतले सहज टिम पाएर मात्र पोचुर्गल अघि पुगेको भनेर गुनासो गर्नेहरुको लागि पनि सहि जवाफ दियो । पोर्चुगल निक्कै राम्रो खेल प्रदर्शन गरेको वेल्सलाई पराजित गरेर फाइनल पुग्यो ।

फाइनलमा पोर्चुगलको भेट आयोजक फ्रान्ससँग भयो । फाइनलसम्मको यात्रामा विश्वविजेता जर्मनीलाई समेत हराएको फ्रान्सका स्टार फरवार्ड एन्टोनियो ग्रिजम्यान बलियो फर्ममा थिए । उनले यही प्रतियोगितामा छ गोल हानिसकेका थिए भने दुई गोलमा सहयोग गरेका थिए । त्यसैले फ्रान्स आफ्नो देशको क्षमतामा विश्वस्त थियो । 

फाइनल खेल शरु भएको आठौं मिनेटमा फ्रान्सलाई थप अर्को फाइदा हुने जस्तो घटना घट्यो ।

दिमित्री पायेटको ट्याकलमा रोनाल्डोलाई गम्भिर चोट लाग्यो । पीडामा छटपटाइरहेका रोनाल्डोले अनेक प्रयास गर्दा पनि उनी खेल्न असक्षम भए र उनी रुदैं खेलमैदान बाहिर गए ।

मैदान बाहिर गएर खेलमा पुनः फर्किएका रोनाल्डोले हर प्रयास गर्दा पनि खेल जारी राख्न सकेनन् । त्यो समय रोनाल्डोको भाव निक्कै पीडाले भरिएको थियो । त्यो समय रङ्गशालाका सम्पूर्ण क्यामेराहरु रोनाल्डोको उक्त भाव पक्रन उनको अनुहारमा केन्द्रित भएको थियो । त्यही बेला क्यामेरामा आएको एक पुतली जो रोनाल्डोको अनुहार अगाडी एक ठाँउमा अडिएर उडिरहेको थियो विश्वभर चर्चा पाएको थियो ।

रोनाल्डोबिना फ्रान्सको अघि पानी पानी हुने अनुमान गरिएको पोर्चुगलले निर्धारित समयमा फ्रान्ससँग गोलरहित बराबरी खेल्यो । र, अतिरिक्त समय सकिन १० मिनेट बाँकि रहदा सब्सिटिच्युटमा आएका पोर्चुगलका स्ट्राइकर एडरले २५ यार्डबाट हानेको बलले नेट चुम्यो ।

बाँकी समय फ्रान्सले गोल फर्काएर खेललाई पेनाल्टी लान खोजेको देखिन्थ्यो तर उ असफल भयो । यसपछि रोनाल्डो बीनानै पोर्चुगलले आयोजक राष्ट्रलाई हरायो ।

आफ्नो देशमा आयोजना भएको युरो कपको फाइनलमा हारेको बा¥ह वर्षपछि पोर्चुगलले युरो कप उचाल्यो, आफ्नो जादुगर कप्तानको नेतृत्वमा ।

खेलपछि पत्रकारसँग बोल्दै रोनाल्डोले भने, “यो मैले चाहे जस्तै फाइनल त भएन तर म निक्कै खुसी छु । यो ट्रफी सबै पोर्चुगलका नागरिकहरुका लागि हो ।”

सपना

बाहिर देखिने सप्पूर्ण फरकहरु तिनका स्वरुप, शैली, टिम आदी बीच पनि मेस्सी र रोनाल्डोबीच यो वर्षसम्म एउटा समानता थियो । दुबैले आफ्नो देशमा प्रमुख उपाधी भित्र्याउन सकेका थिएनन् । तिनका सम्पूर्ण क्षमताका बाबजुद उनीहरुले आफ्नो देशका लागि ट्रफी जित्न सकेका थिएनन् ।

सन् २०१६ मा दुई खेलाडीबीचको भिन्नता झन् बृद्धी भयो । दुबैले आफूलाई फुटबलको इतिहासमा अमर बनाउने अबसर पाएका थिए जसमा एउटाले सफलता पाए भने अर्को दोश्रो मात्र भए ।

फुटबलरको जीवन सफलता र असफलता दुबैले प्रेरित गर्ने गर्छ । प्रत्येक उपाधीको जितसँगै अर्को पटक पुनः त्यसलाई जोगाउने चाहना आउँछ । त्यस्तै प्रत्यक उपाधी गुमाएसँगै प्रतिशोध लिने अवसर आउँछ ।

फुटबललाई मिहिन रुपमा हेर्ने समर्थकहरुको लागि उनीहरुसँग रहेको ट्रफीहरुको संग्रहमा एउटा विश्वकपको अभावले तीनको महानतामा कुनै असर गर्दैन । तर, पनि यो गृष्ममा रसियामा सम्भवतः करियरलाई परिभाषित गर्ने अवसरहरुको श्रृङ्खलामा एक हुनसक्छ ।

यी दुई खेलाडीको पछिल्ला खेल अनुभवहरुले उनीहरु आफ्नो शुरुवाती प्रेरणाभन्दा धेरै टाढा पुगिसकेको देखिन्छ । कसैले पनि असम्भव देखिने सपना पछ्याउदैन तर अरुका सपनालाई छायाँ पार्ने प्रयास गर्छ । यस बखत पहिलो पटक हाम्रो समयको सबैभन्दा महान फुटबल खेलाडीहरुसँग जित्ने बाहेक अन्य कुनै चाहना देखिदँैन ।

अनुवादः श्रवण उप्रेती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप