शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देखिन थाल्यो ट्रम्प-किम वार्ताको असर, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास रद्द

शनिबार, ०९ असार २०७५, ११ : २६
शनिबार, ०९ असार २०७५

अमेरिकाले क्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम रद्द गरेको छ । 

यसै महिनाको शुरूतिर ट्रम्प र किमबीच ऐतिहासिक शिखर वार्ता भएको थियो। यो सैन्य अभ्यास रद्दलाई यसैको परिणामको रुपमा हेरिएको छ । 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको घोषणा गरेको छ।

यसै हप्ताको शुरूमा अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगष्ट महिनाका लागि तय भएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको घोषणा गरेपछि पछिल्लो निर्णय सार्वजनिक भएको हो।

सिंगापुर शिखर बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच भएको सहमति कार्यान्वयनमा सघाउनेतर्फ पछिल्लो निर्णय केन्द्रित रहेको बताइएको छ । 

यसअघि शुक्रवार राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्धका प्रतिबन्धहरूलाई बढाउन सकिने संकेत गरेका थिए।

जव कि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको दावी गर्दै आएका थिए । 

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा एउटा मुख्य विवादको विषय रहिआएको छ। यसमा चिनियाँ चासो पनि रहने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप