बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ छन् ‘करोडपति’ गरिबहरु !

शनिबार, ०९ असार २०७५, १० : ०५
शनिबार, ०९ असार २०७५

एजेन्सी–एलिजाबेथ टोरेस निक्कै क्रोधित छिन् तर एक भेनेजुयाली नागरिकले देखाउने स्वभाव प्रदर्शन गर्दै उनले यो क्रोधलाई आफैतर्फ मोडिन । 

‘भेनेजुयला करोडपतिको देश भएको छ’ उनले यसो भनिरहदा उनको बोलीमा एक बिडम्बनाको भाव थियो । 

भेनेजुयलामा हाल एक क्रेट अण्डाको बजार भाउ तीस लाख बोलीभार रहेको छ ।

‘हामी करोडपति हौँ किनभने सामानहरु किन्न जादाँ हामी त्यति रकम तिरिरहेका हुन्छौँ । ३६ वटा अण्डाको मुल्य तीस लाख बोलिभार छ तर हाम्रो न्यूनतम तलब भने २६ लाखमात्र छ ! तपाईले आफ्नो एक महिनाको कमाईले एक क्रेट अण्डा पनि किन्न सक्नुहुन्न’ उनले भनिन् । 

करोडपति भने यो देशको मुद्रा बोलिभारमा हो । हाल यो मुद्रा लगभग मुल्यहीन भएको छ ।

यो यथार्थ यो देशको अबमुल्यनको ठूलो बिडम्बना हो । विश्वको सबैभन्दा ठूलो कच्चा तेलको भण्डारमाथि बसेको यो देश केही वर्ष अघिसम्म ल्याटिन अमेरिकाको सबैभन्दा धनी राष्ट्र थियो । 

यो देशको एक प्रमुख विश्वविद्यालयका अनुसार हाल आधिकारिक रुपमा यो देशको ८७% जनसङ्ख्या गरिबीको रेखामुनी रहेको छ ।

यो देशको अवस्थामा असन्तोष व्यक्त गर्ने अबकासप्राप्त लेखापाल रहेकी ६४ वर्षे टोरेस एक मात्र व्यक्ति होइनन् ।

तरकारी , मासु र छाला जुत्ताको पसलको स्टलमाझ मानिसहरु जीवनको महंगीको मुल्यबारेमा चर्कोसँग गुनासो गरिरहेका छन् ।

भेनेजुयलाका नागरिकहरुले पिठो,चामल, ब्रेड र अन्य आवश्यक खाद्य सामाग्री किन्नको लागि सात देखि आठ अङ्कको रकम तिर्छन् ।

भेनेजुयलामा आजकल हप्तामै दुई देखि तीन पटकसम्म मुल्य बृद्धी हुन्छ । यसले गर्दा त्यहाँ कोलाहलको स्थिति बनेको छ ।

विपक्षीको बहुमत रहेको संसद अनुसार पछिल्लो १२ महिनामा देशमा २५,००० प्रतिशतको मुल्यवृद्धी भएको छ । यसको मतलब एक वर्ष अगाडि  मुल्यभन्दा हालको मुल्य २५० गुणा बढी रहेको छ ।

‘भेनेजुलयलामा हामीहरु बाँचिरहेका छैनौँ, जीवन धानिरहेका छौँ ।’ जनावारको पसल खोलेर बसेकी ५३ वर्षीया ओल्गा एभिलेस्ले भनिन्, ‘आजकल यदी तपाईँले फलफुल किन्नु भयो भने तपार्इँले तरकारी किन्न सक्नुहुन्न । यदी तपाईँ अन्न किन्नु भयो भने तपाईँ दलहन किन्न सक्नुहुन्न । सधैं तपाई केही कुरा परित्याग गर्न तयार हुनुपर्छ । यदी तपार्इँले एक कुरामा खर्च गर्नु भयो भने अर्को कुरामा खर्च गर्न सक्नुहुन्न ।’
‘हामीलाई प्रयाप्त खानु छ भने विदेशमा रहेका आफन्तसँग खाना मगाउनुपर्छ ।’ उनले भने ।

सरकारले गरिब क्षेत्रमा केही सहुलियतको खाना प्रदान गरिरहेको छ । तर धेरै सामान र सेवाहरुको मुल्य सरकारले तोकेको मुल्यभन्दा ३० गुणासम्म बढी रहेको छ ।

राष्ट्रपति निकोलस मदुरोले भेनेजुयलाको मुल्यबृद्धि यस देश माथि गरिएको आर्थिक नाकाबन्दी(मदुरोको भाषामा युद्ध)का कारण भएको जनाएका छन् ।

तर भेनेजुयाली अर्थशास्त्री लुई भिसेन्ट लिओनले यो संकटको लागि सरकारको विदेशी मुद्रामाथि रहेको एकाधिकार र मुल्य र विनियममा कडा नियन्त्रणलाई दोष दिए ।

मार्चमा राष्ट्रपति मदुरोले बोलिभारको पुनरमुल्याङ्कन गरेका थिए । उनले उच्च मुल्य वृद्धीसँग जुध्नको लागि देशको मुद्रा बोलिभारबाट तीन शून्य हटाए । तर पछि उनले बैंकहरुलाई तयारी पुरा गर्न समय दिनको लागि यसको कार्यन्वन केही पछाडी सारे ।

लियोनले यो कदमलाई ‘एक अल्पकालिन छलको कार्य’बताए ।

‘मुद्राहरुबाट शून्यहरु हटाएर उच्च मुल्यवृद्धिको डडेलो निभ्दैन; अर्थशास्त्री लियोनले बताए । 

तर आम अभ्यासमा धेरै भेनेजुयलाका नागरिकहरुले शून्यहरु पहिलेदेखि हटाउन थालेका छन् । 

‘सजिलोको लागि र मनोबैज्ञानिक कारणले मनिसहरुले ४५ लाखलाई ४५०० भन्छन्’ ओल्गाले भनिन् ।

सन् २०१७ मा मदुरोले १,००,००० को नोट जारी गरेका थिए । त्यो नोटले हाल एउटा अण्डा पनि आउदैन । शून्य हटाएपछि सबैभन्दा ठूलो रकम ५०० बोलिभार हुनेछ जसले एउटा कफि किन्न सकिन्छ । 

तर एलिजाबेथ टोरेस र उनी जस्ता धेरैको लागि यो स्वप्न जस्तो , भद्धा मजाक जस्तो भएको छ ।

‘हामी झुटको करोडपति भएका छौँ । खासमा हामी पहिले भन्दा झन् गरिब भएका छौँ’ ओल्गाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप