शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास

शनिबार, ०९ असार २०७५, ०९ : ५२
शनिबार, ०९ असार २०७५

सिरहा–मिर्चैया नगरपालिका – ११ मा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । 

मिर्चैया नगरपालिका बडा नं. ११ गदहवा बस्ने हरी यादबको करीब २१ बर्षीय छोरा धिरज यादवमाथि ५÷६ जनाको समुहले गएराति खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको होे ।

खुकुरी प्रहारबाट गम्भीर घाईते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

घाइते यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरिरको बिभिन्न भागमा निलडाम रहेको बुबा हरीले बताए ।

आफ्नै घरमा सुतिरहेका अबस्थामा  करीब १ बजेतिर आएका उक्त समुहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरी ज्यानै लिने प्रयास गरेको बुवा हरिको भनाई रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डीएसपी) दिपक खड्काले बताए । 

अनुसंधानमा असर पर्ने भएकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप