शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार डा.डीआरका पुस्तक र एल्बम एकसाथ सार्वजनिक

शनिबार, ०९ असार २०७५, ०९ : ४५
शनिबार, ०९ असार २०७५

काठमाडौं–साहित्यकार डाक्टर डीआर उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक गरिएको छ । 

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा दुबै कृति सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सार्वजनिक गरे ।

वरिष्ठ गायक प्रेमध्वज प्रधान, प्राध्यापक दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, कानुनविद्ध तथा गीतकार डाक्टर भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरी ,इन्दु शर्मा, डीआरका गुरु चण्डी काफ्ले लगायतको उपस्थिति रहेको कार्यक्रममा मन्त्री बास्कोटाले डिआरका गीतले श्रोताको मन छुने धारणा राखे । 

एल्बममा एल्बममा ‘कसले भन्छ, तिमि बिना, आउ नआउ, आफ्नै छायाँले, हाम्रो मधुर मिलन र चौबन्दी चोली’ लगायतका ६ गीत संग्रहित छन् । गीतमा संगीतकार सागरसँगै सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, राम चन्द्र काफ्ले , मेलिना राइ, मिलन अमात्य, सुरेश लामाको स्वर रहेको छ । 

डिआरले अतिरिक्त उपन्यास अगाडी नै अपवित्र छायाँ, विटुली, भाग्यचक्र, स्वार्थी, त्यागी र बज्रघातलाई प्रकाशित गरिसकेका छन् ।

कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो ।

एल्बममा समावेश पहिलो नम्बरको गीत कसले भन्छको भिडियो तयार गरिएको छ जसलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् भने यसमा स्वयम् गीतकार डीआर देखिएका छन् ।

उनलाई अनु शाहले मोडलिङमा साथ दिएकी छिन् ।

सानै देखिको रहरलाई अगाडी बढाउन गीत लेखनमा हात बढाएको गीतकार डिआरले बताए । उनले भने ‘पुस्तक लेखन त अगाडी पनि थियो । तर गीत लेखन यो पहिलो हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप