शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा स्विमिङ पुलमा डुबेर मृत्यु

शनिबार, ०९ असार २०७५, ०९ : ४४
शनिबार, ०९ असार २०७५

चितवन - चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । 

होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए ।

गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए । 

उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप