बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईई रिजल्ट आज: प्राविधिक समस्याले ढिलाई – परीक्षा बोर्ड

शनिबार, ०९ असार २०७५, ०९ : ०६
शनिबार, ०९ असार २०७५

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा शनिबार (आज) प्रकाशित गर्ने भएको छ ।

आज अपराह्न ४ बजे नतिजा सार्वजनिक गर्ने तयारी थियो ।

तर, प्राविधिक कारणले केही समय ढिला भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताए । 

‘सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइसकेको छ, नियन्त्रक रेग्मीले रातोपाटीसँग भने 'आज रिजल्ट सार्वजनिक गर्नेछौं ।'

परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए ।

यसअघि गत बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै  प्राविधिक धारतर्फ  ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ । 

प्रकाशित भएपछि नतिजा रातोपाटीमा नै हेर्न सकिनेछ । 

विगतको  वर्षमा जस्तै रातोपाटीले यसवर्षपनि एसईईको नतिजा www.see.ratopati.com मार्फत हेर्ने व्यवस्था मिलाएको हो ।

नतिजा सार्वजनिक हुनेवित्तिकै सजिलै www.see.ratopati.com   हेर्ने व्यवस्था मिलाइएको रातोपाटीका प्रशासन प्रमुख अर्जुन पन्तले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप