बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गजलः ट्यापे भइयो

शनिबार, ०९ असार २०७५, ०८ : २८
शनिबार, ०९ असार २०७५

-रमेश पन्त  

नातागोता सब तोडेर ट्यापे भइयो
गुण्डा जड्याँहा साथी, जोडेर ट्यापे भइयो

गर्लफ्रेन्ड जिस्काएको निहुँ पारेर हजुर
एक दुईको हड्डी, फोडेर ट्यापे भइयो

हेर्नुस्! आफू त परियो, ब्रहमणको छोरो
धर्म संस्कृति मोडेर ट्यापे भइयो

गर्नु के ? सामाजमा छवि राम्रै थियो
इमान इज्जत सबै, छोडेर ट्यापे भइयो

हरियाली जीवन चारैतिर बनाउने त्यो बेला
फोहोरै फोहोरको बारी, गोडेर ट्यापे भइयो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप