बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली ध्वजावाहकको विश्वभर उडान

शनिबार, ०९ असार २०७५, ०७ : २८
शनिबार, ०९ असार २०७५

काठमाडौं - नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ ।

नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताए । 

सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ । यसअघि २ मात्र उडान हुने व्यवस्था थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप