सुन तस्करी काण्डः ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस
काठमाडौं - ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको खबर आजको कान्तिपुरमा छापिएको छ ।
मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।
प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, गोरे भनिने चूडामणि उप्रेतीका दुबई बस्दै आएका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।
संगठित सुन तस्करीमाथि अनुसन्धान सुरु हुनेबित्तिकै फरार भएका अग्रवाललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । अग्रवालको खोजीमा प्रहरीको उच्च संयन्त्र लागिरहे पनि उनी पक्राउ परेका छैनन् । समितिले २५ जेठमा डिल्लीबजारस्थित अग्रवालको घरमा छापा मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
नागढुंगा चेकपोस्टमा प्रहरीले पैसा लिएको घटना छानबिन गर्न निर्देशन दिएको छु : गृहमन्त्री
-
कर्णालीको मानव अधिकार अवस्था कमजोर, सुधारका लागि सरकारलाई आयोगको निर्देशन
-
काठमाडौँ महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्ने
-
रास्वपाको प्रथम महाधिवेशन : डोम निर्माण तीव्र, प्रतिनिधिको नामावली अन्तिम चरणमा
-
राप्रपाको महाधिवेशन कार्यतालिका पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण