शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्धनको विषयमा प्रधानमन्त्री ओली मौन

शनिबार, ०९ असार २०७५, ०६ : ५०
शनिबार, ०९ असार २०७५

काठमाडौं - नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् । 

इन्डिया आयल कर्पोरेसन (आइओसी) को विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय गरेका ओली यति बेला भने त्यसबारे मौन छन् । 

नाकाबन्दीताका पनि प्रधानमन्त्री रहेका ओलीले यस्तो निर्णय गरेका थिए आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीले यसपटकको चीन भ्रमणमा यो अजेन्डा नै राखिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप