बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०९ असार २०७५, ०६ : २७
शनिबार, ०९ असार २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असार ०९ गते । शनिबार । ईश्वी सन् २०१८ जुन २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि दशमी ०२ घडी ४० पला,बिहान ०६ बजेर १५ मिनेट उप्रान्त एकादशी । नक्षत्र चित्रा ० घडी ४५ पला,बिहान ०५ बजेर २९ मिनेट उप्रान्त स्वाती । योग शिव ५५ घडि ५५ पला । करण गर,बिहान ०६ बजेर १५ मिनेट उप्रान्त वणिज,बेलुकी ६ बजेर ०२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा काण योग । चन्द्रराशि तुला । 

 

काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ५

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँने तथा सत्रु परास्त हुँनेछन् । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानिबाट राम्रै प्रतिफल पाईने योग रहेकोछ ।  

शुभ अंक — २

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुँनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो कमाई हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  भने भौतिक धन सम्पति लाभ हुँने समय रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । 

शुभ अंक — ६

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुँनाले स्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — २

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — खरानि

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने बिदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा  हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।

शुभ  अंक — ३

शुभ रंग — सुन्तला

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

शुभ अंक — २

शुभ रंग — हरियो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुँने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुँनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुँनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथि हुँने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । घर परिवार तथा दिदिबहिनिसँगको सम्बन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाई लेखाईमा दिईएको समयबाट भनेजस्तो उपलब्धि आउँने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप