शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थानकोट प्रहरीले गर्यो एक कुईन्टल अवैध गाँजा फडानी

शुक्रबार, ०८ असार २०७५, १८ : ५५
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– महानगरीय प्रहरी वृत्त थानकोट वाट गएको टोलीले अवैध रुपमा लगाईएको गाजा खेती फडानी गरेको छ ।

चन्द्रागिरि नगरपालिका ६ पानीघाट स्थित मकै वारीमा अवैध रुपमा लगाईएको गाजा र  शार्वजिनक स्थानमा उम्रिएको गाँजा फडानी गरेको हो ।
प्रहरीले विशेष सुराकीको आधारमा चन्द्रागिरि पानीघाट आसपास  कसैले देख्न नसक्ने स्थानको करिव ५० रूपनी क्षेत्रफलमा लगाईएको अबैध लागु औषध गांजा खेती फडानी गरी नष्ट गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक अमृत वस्नेतको नेतृत्वमा गएको प्रहरी अपरेशन टोलीले ५० रूपनी क्षेत्रफलमा लगाईएको अबैध लागु औषध गांजा खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक अमृत वस्नेतले प्रहरीको विशेष अप्रेसन अन्तर्गत करिव एक कुईन्टल गाँजा फडानी गरेको वताए ।

विगतका वर्षहरुमा समेत अवैध रुपमा लगाईने गरिएको गाजा खेती प्रहरीले बेला बेलामा नष्ट गर्दै आएको थियो ।

थानकोट प्रहरीका अनुसार चन्द्रागिरिको वाडभञ्ज्याङ्ग मसिने ,दहचोको झयाङ्गाझिटि,नैकाप,महादेवस्थान,पानीघाटमा लगाईको अवैध गाँजा नष्ट गर्दै जाने र घरवारीमा लगाउने विरूध विशेष निगरानी तथा कानुनी दायरामा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप