बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलर आएलगत्तै ‘रोमियो एण्ड मुना’को विदेशमा माग

शुक्रबार, ०८ असार २०७५, १८ : ५०
शुक्रबार, ०८ असार २०७५

काठमाडौं – प्रेमकथाको विषयमा निर्माण भएको ‘रोमियो एण्ड मुना’ चलचित्रको ट्रेलर सार्वजनिक भएको २४ घन्टा पनि भएको छैन । ट्रेलर  चर्चाले चलचित्रको विदेशमा माग बढ्न थालेको छ । अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको यो चलचित्रले ट्रेलरमा केही मुख्य अंश समेटेर ल्याएको थियो । सबै पक्ष समेटेर व्यवसायिक ट्रेलर ल्याएकोले विदेश राइटको माग बढेको निर्माण युनिटले जनाएको छ ।

‘ट्रेलरले गर्दा विदेशमा पनि चलचित्रको धेरै माग भइरहेको छ’ निर्माता प्रशन्न गोपालीले भने ‘शुक्रबार राइट बिक्री भएको छ ।’ अष्ट्रेलिया, जापान, कोरिया र कतारबाट पनि चलचित्रको माग आइरहेको निर्माता गोापलीको भनाई रहेको छ ।

चलचित्र युएसए राइट नाम्लो इभेन्ट बाल्टिमोरका विक्रान्तमान श्रेष्ठ र राहुल गोपाली, प्रशन्न गोपालीले लिएका छन् भने युरोपका लागि त्यहाँका एनआएनका सदस्यल लिएको निर्माण युनिटले जानकारी दिएको छ ।
ट्रेलरमा कलाकारको साथै एनिभेसबाट तयार गरिएको राक्षसी रुप समेत देखाइएकोले चलचित्रप्रति देश तथा विदेशका दर्शकमा कौतुलता पैदा भएको हो । आर्ट कलाका दृश्यले बिषेश स्थान पाएको ट्रेलरमा रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन् ।

११ साउनबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ४ वटै गीत अहिले चर्चामा छ । निर्माण युनिट हालै चितवनमा छायाँकन गरिएको ‘तिम्रै लागि हो’ बोलको एक रोमान्टिक गीत समेत छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिको अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप