शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजार अनुगमनको नाममा धरपक्कड नगर्न सरकारको ध्यानाकर्षण

शुक्रबार, ०८ असार २०७५, १८ : २४
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– उद्योगी, व्यवसायीहरुले बजार अनुगमनको नाममा धरपक्कड नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका पदाधिकारीसँग भेट गरी बजार अनुगमनको नाममा धरपक्कड गर्ने काम तत्काल बन्द गर्न ध्यानाकर्षण गराएको हो ।

म्याद गुज्रिएको सामान पाइएको नाममा व्यापारीहरुमाथि धरपक्कड गर्ने काम राज्यले गरेपछि त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका प्रदेश नम्बर ३ का अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले बजार अनुगमनलाई व्यवहारिक बनाउन पनि सरकारसँग माग गरे । 

उद्योगी, व्यापारीहरुले बजार अनुगमन गर्दा स्पष्ट मापदण्ड बनाउन पनि सरकारसँग आग्रह गरेका छन । उनीहरुले सबै सामानमा मूल्य सूचि राखेरै विक्री वितरणको कामलाई अघि बढाइएको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप