बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

शुक्रबार, ०८ असार २०७५, १७ : १२
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ– विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ ।  सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ । 

पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दैआएका छन् । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ । 

नेपाल पश्मिना उद्योग संघका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताए । पश्मिनाको कारोबार सन्तोषजनक रहेको उनले बताए । 

वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा रु दुई अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ । विदेशी मुलुकमा रु दुई अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्याल बताउँछन् । अधिकांश पश्मिना उद्योग काठमाडौँ उपत्यकामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप