शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको संंसद बैठकः ‘संयुक्त बैठक नियमावली बहुमतले पारित’

शुक्रबार, ०८ असार २०७५, १७ : ०७
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ । शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि बहुमतले पारित गरेको हो । 

नियमावली मस्यौंदा समितिका संयोजक कृष्णभक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । साथै समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था सहितको नियमावलीलाई बहुमतले पारित गरेको छ ।

नियमावली मस्यौदामा सांसदहरु विमला विक, दुर्गा पौडेल र प्रेम सुवालले संसोधन प्रस्ताव दर्ता गराएका थिए । मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद विकले संशोधन प्रस्ताव फिर्ता लिए ।

सांसद दुर्गा पौडेलको संशोधन प्रस्ताव सर्वसम्मतिले  र प्रेम सुवालको संशोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।  यसअघि मस्यौदाको दफाबार छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसालले सबै समितिहरुमा समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ भन्ने व्यवस्था राख्न सुझाव दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप