शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनाका पूर्व खेलाडी सिमिओनी भन्छन्, ‘टोलीको नेतृत्व गर्न म मेस्सीभन्दा रोनाल्डोलाई चुन्थेँ’

शुक्रबार, ०८ असार २०७५, १६ : ३३
शुक्रबार, ०८ असार २०७५

एजेन्सी । अर्जेन्टिनाका पूर्व खेलाडी डिएगो सिमिओनीले कुनै मध्यमस्तर टोलीको नेतृत्व गर्न लियोनेल मेस्सीभन्दा क्रिस्टियानो रोनाल्डो सफल भएको स्वीकार गरेका छन् ।

सिमिओनीको लिक भएको टेलिफोन संवादमा उनले सो कुरा स्वीकार गरेको पाइएको हो ।

स्पेनिस रेडियो काडेना कोपेले एथ्लेटिको म्याड्रिडका प्रशिक्षकसमेत रहेका सिमिओनीले आफ्ना सहायक जर्मन बुरगोससँग गरेको कुराकानी सार्वजनिक गरेको हो ।

‘मेस्सी राम्रो छन् तर उनी साथमा उत्कृष्ट खेलाडी भएका कारण राम्रो छन् । यदी सामान्य खेलमा मेस्सी वा रोनाल्डोमा छान्न परे को छान्छौँ ?,’ उनले भनेका छन् ।

सिमिओनीले बार्सिलोनाका स्टारमाथि मात्र नभएर पूरै अर्जेन्टिनी टोलीमाथि आक्रमण गरेका छन् ।

‘अहिले भइरहेको कुरा पछिल्लो चार वर्ष अर्जेन्टिनी टोलीसँग भइरहेको छ : अराजकता, खेलाडी, प्रशिक्षक वा निर्देशकबाट नेतृत्वविहीनता । टोली दिशाविहीन बनेको छ,’ उनले भनेका छन्, ‘यतिबेला कोही उठेर लड्न सक्नुपर्छ ।’

सिमिओनीको निशानामा गोलकिपर विली काबालेरो पनि परेका छन् । जसको गल्तीको कारण क्रोएसियाले अर्जेन्टिनाविरुद्ध गोल गरेको थियो ।

‘जर्मन, गोलकिपरले यस्तै गल्ती पहिला पनि गरेका थिए होइन र ?,’ उनले आफ्ना सहायकलाई सोधेका छन्, ‘स्पेन र इटालीबिरुद्ध यस्तै गर्दा पोष्टमा लागेको थियो र यस्तो गल्ती विश्वकपमा गर्यो भने गोल हुन्छ ।’्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप