शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विकाश निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नभनौंः संचारमन्त्री बाँस्कोटा

शुक्रबार, ०८ असार २०७५, १६ : २९
शुक्रबार, ०८ असार २०७५

भक्तपुर– सूचना प्रविधि तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकाश निमार्णको कार्यमा सबै जना एकजुट भएर लाग्नु पर्ने बताएका छन् । 

सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभालाई शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले आफ्नो ठाउँको विकाश निर्माणको काम गर्नसत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित नहुन समेत सबैलाई आग्रह गरेका छन् । 
पाँच वर्षपछि जनताले गुनासो गर्ने ठाउँ जनप्रतिनिधिले राख्न नहुने भन्दै उनले भने ‘हामी जनप्रनिधि कम बोलौं, काम धेरै गरौं । ’ 

अहिलेको जनताको मुख्य चाहाना नै आर्थिक संम्वृद्धि र विकाश भएकाले त्यो सपना पुरा गर्ने काममा लाग्न समेत जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । 

उक्त अवसरमा मन्त्री बाँस्कोटाले आर्थिक अनिमियता प्रति सजक हुँदै भ्रष्ट्रचार रोक्ने कार्यमा समेत जनप्रतिनिधिले ध्यान दिनु पर्ने बताए । 

सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०७५÷०७६को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाँच वर्षभित्र नगरलाई समुन्त बनाउने प्रतिवद्धता व्यक्त गरे । 

थापाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका विकाशका पूर्वाधार निर्माणमा एकवर्षमा धेरै प्रगति भएको जानकारी दिएका छन् ।

कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शसिजंग थापा, समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपाका नेताद्धय बचन देउजा र डीपी ढकाललगायतले भक्तपुरको विकाशमा एकजुट हुनुपर्ने धारणा राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप