एनआईसी एशियाको डलर क्रेडिट कार्ड संञ्चालनमा, १५ हजारसम्मको कर्जा सिमा
काठमाडौं । एन आई सी एशिया बैंकले “अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” संञ्चालनमा ल्याएको छ ।
“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” संञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषतामा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा, निःशुल्क अनलाईन पेमेन्ट, कर्जा सिमितको ५०% सम्म नगद झिक्न सकिने, १०% वा शत प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिन सम्म सर्भिस चार्ज फ्रि क्रेडिट पेरि उपभोग गर्न सकिने रहेका छन् ।
“अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” को प्रयोगबाट बढी भन्दा बढी ग्राहकले उच्चतम लाभ उठाउने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय