शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पूर्व स्वास्थ्यमन्त्रीको घोचपेच

शुक्रबार, ०८ असार २०७५, १६ : २१
शुक्रबार, ०८ असार २०७५

काठमाडौं -सांसद खगराज अधिकारीले पुर्ववर्ती सरकारले विरामीलाई दिने भनि घोषणा गरेको पैसा आफैले खोसेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्र्तगत विभिन्न शिर्षकमा विनियोजित बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै पुर्व स्वास्थ्यमन्त्री अधिकारीले  तात्कालिन प्रधानमन्त्री शेर बहादुरले नै विरामीको पैसा खोस्न लगाएको आरोप लगाए । 

उनले पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले बाहिरिदै गर्दा बिना बजेट शिर्षकमा किड्नी , स्पाईनल इन्जुरी,  स्ट्रोकका विरामीलाई  प्रतिमहिना ५ हजार रुपैया भत्ता दिने निर्णय गरि हस्पिटलमा नाटक मञ्चन गर्ने काम गरेको टिप्पणी गरे । 

उनले पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई व्यङग्य गर्दै भने “पुर्व मन्त्री गगन थापाले नै यो काम गर्नुहुन्थ्यो होला । उहाँले खोज्दा खोज्दै नपाएर छोड्नुभयो होला । ”

किड्नीको फ्रि ट्रान्सप्लान्ट र विरामीलाई भत्ता दिने निर्णय गरेको सरकारका प्रधानमन्त्रीले नै विरामीको पैसा खोसेको आरोप लगाए ।

उनले भने “तिमीलाई पैसा दिएँ भनेर कसैले पैसा पाएको छैन । पैसा पाउँदाको भोली पल्ट खोस्न सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवाले नै लगाउनुभयो भनेर त्यही बिरामीले भन्छ ।”

स्वास्थ्यलाई पुर्ववर्ती सरकारले खेलवाडको रुपमा लिएको भन्दै उनले भने “स्वास्थ्य खेलवाड गर्ने ठाउँ होइन ।”

आफ्नै नेतृत्वमा स्वास्थ्य नीति बनेको र त्यसकै आधारमा  १५ जिल्लामा सुरु गरेको स्वास्थ्य विमा पाईलटिङ कार्यक्रमको श्रेय सांसद थापाले लिन खोजेको भन्दै आपत्ती जनाए ।

सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई नामै परिर्वतन गरेर स्वास्थ्य बिमा बनाई पुँजीपति वर्ग र धनाड्का लागि काम गरे पुर्ववर्ती सरकारका मन्त्रीले वर्तमान सरकारले बिपन्नलाई गरेन भनेर खर्च कटौति प्रस्ताव गरेको भन्दै पुर्वमन्त्री थापा प्रति कटाक्ष गरे । 

छात्रावृतिका डाक्टरलाई गाउमा पु्याउने काम आफ्नै पालामा सुरु भएको भन्दै हरेक गाउ चिकित्सक पुर्याउ कार्यक्रमका लागि एम डि एम सि एच लाई निशुल्क पढाउनका लागि ४५ करोड विनियोजन गरिएको दाबी गरे । 

स्वास्थ्य मन्त्रालय राजनीतिक गर्ने थलो होइन भन्दै उनले गुणस्तरीय औषधी उपचार र मानव बचाउ गर्ने एक मात्रै संकल्प स्वास्थ्य मन्त्रालयको हुने बताए । 

औषधीको मुल्य निर्धारण गरेको आफुले गरेको र त्यस यता औषधीको मुल्य निर्धारण हुन नसकिएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गरे ।

पुर्व स्वास्थ्यमन्त्री गगन थापाले खर्च कटौतिको प्रस्ताव पेश गरेपछि सांसद अधिकारीले विनियोजित बजेटमाथि धारणा राखे । 

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शिर्षकमा विनियोजित बजेटमाथिको छलफल सकिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आईतबारका लागि बोलाईएको छ ।

यस अघि कांग्रेस सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्र्तगतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्र्तगत विभिन्न शिर्षकको  खर्च रकममा १ सय रुपैया कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्र्तगतका योजना तर्जुमामा सरकार र सम्बन्धीत मन्त्रालयले उचित ध्यान पुर्याउन नसकेको बताए । 

सरकारले अघि सारेका मन्त्रालय अन्र्तगतकाकार्यक्रमहरुबाट स्वास्थ्य मन्त्रालयको चुनौति र जिम्मेवारी हेक्का नरहेको स्पष्ट भएको टिप्पणी उनको  थियो । उनले भने “ चुनौति र जिम्मेवारीको हेक्का गरिएको छैन । कि त यो अनविज्ञता हो कि आग्रह हो । ”। ”

उनले दीर्घकालिन स्वास्थ्य सेवाका लागि चालिएको नीतिगत प्रयास तथा अध्ययन प्रतिवेदनले निर्दिष्ठ गरेका विषयलाई मन्त्रालयले विर्सिएको दाबी गरे ।

उनले स्वास्थ्यको धेरै जिम्मेवारी तल्लो तहमा दिएपनि जनशक्तिको व्यवस्थापन चुनौतिपुर्ण रहेको टिप्पणी गरे । 

संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दे उनले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्ठी जनाए । 

पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफुले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभुत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे ।

आधारभुत स्वास्थ्य सेवा सबैलाई पुर्याउनका लागि विमाको व्यवस्था गर्छु भन्ने योजना सरकारले ल्याएको भन्दै उनले  योजना तर्जुमा गर्नेहरुले नै विमा र स्वास्थ्य सेवा भिन्न बिषय भएको भन्ने बुझ्न नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप