शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बोबी’को ट्रेलरमा उमेश र कविताको रियल प्रेम

शुक्रबार, ०८ असार २०७५, १५ : ४२
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– २९ असारमै आउने तयारी गरेको चलचित्र आफ्नो अफिसियल शुक्रबार सार्वजनिक गरेको छ । रियल कपल उमेश थापा र कविता गुरुङको रियल लभस्टोरी रिलमा उतारिएको चलचित्र ‘बोबी’को ट्रेलरमा उमेश र कविता बीचको प्रेम, रोमान्स, विछोड लगायतका बिषय समेटिएको छ ।

दर्शकलाई रोमाञ्चित बनाउन यसपटक आफुले रियल कपलको प्रेमकथा उनकै अभिनयबाट देखाउन खोजेको निर्माता समेत रहेका निर्देशक मिलन चाम्सले बताए । रियल जोडी उमेश र कविताको अलवा चलचित्रमा विजय लामा, रुबि राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायत कलाकारको अभिनय समेत समेटिएको छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथा पर्दामा उतार्ने काम सञ्चारकर्मी नरेश भट्टराइले गरेका हुन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा केही अगाडी भएको थियो । 

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप