बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थरी–थरी फ्यान : कतै पीडा, कतै उत्सव (फोटोफिचर)

शुक्रबार, ०८ असार २०७५, १५ : १४
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ । सन् २०१८ को विश्वकपको ज्वरोले यतिबेला विश्वकपको सबै कुनालाई छोएको छ ।

३२ राष्ट्र रसियामा विश्व फुटबलको सर्वोच्च उपाधिका लागि भिडिरहेका छन् । समूह चरणको पहिलो राउण्डको खेलहरु सकिँदा प्रतियोगिता रोमाञ्चक रुपमा अघि बढिरहेको छ ।

हेभिवेट भनिएका केही टोलीहरु राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् भने नवप्रवेशी र कमजोर आँकलन गरिएका टोलीहरुले अप्रत्यासित रुपमा राम्रो प्रदर्शन गरिरहेका छन् ।

आफ्नो मनपर्ने टोलीको खेल हेर्न विश्वभरबाट फुटबल समर्थकहरु रसिया पुगेका छन् । 

कोही देशको पारम्परिक पहिरनमा स्टेडिम पुग्छन् भने कोही अनुहार रङ्गाएर पुग्छन् । त्यसमा पनि जीतको उत्सव र हारको पीडा मिसिँदा विश्वकपलाई नै रङ्गीन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप