ज्योति विकास बैंकको नयाँ एटीएम ठमेलमा, थप ४ स्थानमा छीटै संचालन गर्ने
शुक्रबार, ०८ असार २०७५, १५ : ०९
काठमाडौं । ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटीएम सेवा संचालनमा ल्याएको छ । यससँगै वैंकले १८ स्थानबाट एटीएम सेवालाई आफ्नो ग्राहकवर्गमा पु¥याएको छ । हालै मात्र बैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेविट कार्ड ल्याएको हो ।
बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटीएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक