बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०१६ को आतंकवादी आक्रमणका मास्टमाइन्ड धर्मगुरुलाई मृत्युदण्ड

शुक्रबार, ०८ असार २०७५, १४ : ५२
शुक्रबार, ०८ असार २०७५

एजेन्सी । चार जनाको ज्यान लिने गरी सन् २०१६ मा इन्डोनेसियाको जकार्तामा भएको आतंकवादी हमलामा एक धर्मगुरु दोषी पाइएका छन् ।

अमान अबुररहमानमाथि उक्त घटनाको योजना बुनेकोमा दोषी ठहर गरिएको छ ।

स्थानीय चरमपन्थी समूहको धर्मगुरु रहेका उनले इस्लामिक स्टेट (आइएस) लाई आफ्नो समर्थन रहेको घोषणा गरेका थिए ।

सन् २०१६ मा भएको उक्त हमला इन्डोनेसियामा आइएसको पहिलो आक्रमण थियो ।

४६ अबुररहमान सन् २०१० देखि हिरासतमा रहे पनि उनले जेलबाटै हमलाको योजना तयार गरिएको बताइएको छ ।

सो हमलामा राजधानी जकार्ताको विभिन्न स्थानमा बम हमला गरिएको थियो । जसमा स्टारबक्स र प्रहरी पोष्ट आक्रमणको निसानामा परेको थियो ।

त्यस्तै, आतंकवादी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो । जसमा दुई आक्रमणकारी मारिएका थिए भने दुईले आत्मघाती विस्फोट गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप