शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहार गरी २१ वर्षीय युवकको हत्या प्रयास

शुक्रबार, ०८ असार २०७५, १४ : २७
शुक्रबार, ०८ असार २०७५

लहान– सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । 

मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरि नीलडाम रहेको प्रहरीको भनाइ छ । 

आफ्नै घरमा सुतिरहेका बेला बिहान करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरेको घाइतेका बुबा हरि यादवले बताए । 

सो घटनामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप