शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समयमै वित्तिय विवरण नबुझाएका ५ बीमा कम्पनीलाई कारवाही हुने

शुक्रबार, ०८ असार २०७५, १३ : ५६
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– समयमै परिस्कृत वित्तिय विवरण नबुझाएका पाँच बीमा कम्पनीलाई नियामक बीमा समितिले कारबाही गर्ने भएको छ ।  उनीहरुलाई कारबाही स्वरुप ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने बीमा समितिका एक अधिकारीले भने । यद्यपि, जरिवानाका सम्बन्धमा समितिले अन्तिम निर्णय गर्न भने बाँकी रहेको ती अधिकारी बताउँछन् ।

समयमै वित्तिय विवरण पेश नगर्नेमा राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स लगायत ५ कम्पनी रहेका छन् । बीमा ऐनले आर्थिक वर्ष सकिएको १० महिनाभित्र परिस्कृत वित्तिय विवरण बुझाउनुपर्ने प्रावधान छ । यस आधारमा चालू आर्थिक वर्षको (२०७४/०७५) को १० औं महिना अर्थात बैशाखसम्म वित्तिय विवरण बुझाउनुपथ्र्यो । तर, यी कम्पनीहरुले आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरण अझै बुझाएका छैनन । 

अब उनीहरुलाई बीमा ऐनको दफा ३६ आकर्षक हुने ती अधिकारीले भने । ऐनको दफा ३६ ले ती कम्पनीलाई ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ । यही दफा अनुसार उनीहरुलाई जरिवाना हुने बीमा समितिका ती अधिकारीले भने । विवरण पेश गरेपछि बिमकको लाइसेन्स नविकरण हुने प्रावधान छ । परिस्कृत विवरण नबुझाएकाले उनीहरुले लाइसेन्स नविकरण पनि भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप