शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुध्द एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानको तयारी

शुक्रबार, ०८ असार २०७५, १३ : ४२
शुक्रबार, ०८ असार २०७५

काठमाडौं -नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान सञ्चालनका लागि बुध्द एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ बुध्द एयर अहिले एटिआर जहाजबाट भारतको वाराणसी उडान भर्दै आएको छ ।

पत्रमा बुध्द एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान विहान बिहान ६ : ३० बजे , दिउासो १ बजे र साँझ ५ :१०  बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।

मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुध्द एयरले जनाएको छ ।

बुध्द एयरका पदाधीकारीहरुसँगको भेटघाटमा मन्त्री अधिकारीले बुध्द एयरको यस घोषणाबाट आफू निकै सकारात्मक रहेको र त्यसै अनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय घोषणालगायत आवश्यक पूर्वाधारहरु इमिग्रेसन, कस्टम यथाशिघ्र -६ महिनाभित्र सकिने विश्वास दिलाए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग L626 लाई दुईतर्फि रुटको रुपमा स्थापित गरेको छ ।

यस सहमतिले टर्बोप्रप एटिआर विमानहरुबाट नेपालगञ्जदेखि भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको हवाई उडान करिब १ घण्टा १० मिनेटमा भर्न सकिन्छ ।

नेपालगञ्जबाट सिधा नयाँदिल्ली हवाई उडान सञ्चालनमा आउँदा मध्यपश्चिम एवं सुदुरपश्चिमको आर्थिक सम्वृद्धिमा कायापलट गर्न कोशेढुंगा साबित हुने विश्वास बुध्द एयरले लिएको छ ।

यो हवाईमार्ग सञ्चालनमा आउन सके यसले नेपालको मध्यपश्चिम र सुदुरपश्चिममा बसोबास गर्ने नेपालीहरुलाई नेपालगञ्जमार्फत सिधै नयाँदिल्लीसँग जोड्नेछ ।

साथै यस उडानले प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेका पर्यटन उद्योग एवं त्यस क्षेत्रको व्यापार व्यवसायको पनि प्रवद्र्धन हुनेछ ।

यसले आर्थिक सम्वृद्धिमा एवं रोजगारी सिर्जनामा विकेन्द्रीकरणको भूमिका खेल्नेछ ।

धार्मिक तथा पर्यटकीय यात्रुहरुको ओहर–दोहरोले प्रदेश ५, ६ र ७ को आर्थिक गतिविधि स्वतस् बढ्नेछ ।

यसले बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश ६ को रारा ताल, प्युठान जिल्लाको स्वर्गद्वारी तथा डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको रमणिय खप्तडलगयातका क्षेत्रहरुको प्रवर्धन हुनेछ ।

यससँगै प्रदेश ६ को सिमिकोटलाई चीनको कैलाश मानसरोवर यात्राका लागि केन्द्र बनाउन सकिने बुध्द एयरले जनाएको छ ।

नेपालगञ्ज–नयाँदिल्ली–नेपालगञ्ज अन्तर–सिमा उडान यथाशिघ्र सञ्चालन गर्न बुध्द एयर प्रतिवद्ध रहेको साथै यस लगत्तै दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ ।

नेपालगन्जबाट नयाादिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुध्दले बनाएको छ ।

हालका दिनमा विभिन्न सञ्चार माध्यमहरुमा पोखराबाट ठूला जहाज सञ्चालनमा विभिन्न किसिमका टिकाटिप्पणी आएका छन् ।

बुध्द एयर यसका लागि निरन्तर प्राविधिक, विज्ञ तथा एयरबस र बोइङ कम्पनिको सम्पर्कमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप