प्रधानमन्त्री ओली ल्हासामा, यस्ता छन् आजका कार्यक्रम
शुक्रबार, ०८ असार २०७५, १३ : १८
ल्हासा– चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुगेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरे ।
प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्रिया गर्ने छन् । त्यस्तै उनले आज पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक अर्थतन्त्र सबै ‘कालोधन’ होइन : महासचिव पोखरेल
-
बागमती नगरपालिकाका मेयर र उपमेयर मुछिएको दुई भ्रष्टाचार मुद्दामा आज सुनुवाइ
-
राजधानीको बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ
-
युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु
-
राजनीतिक नैतिकता भनेको के हो ?
-
न्यायाधीश नियुक्तिमा सधैँ सकस, कहाँ अड्किन्छ गाँठो ?