शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिनाको ‘अलिकति पिरतीको बैना देउ’

शुक्रबार, ०८ असार २०७५, १२ : ५०
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– गायिका मिना राईले आफ्नो नयाँ गीत ‘अलिकति पिरतीको बैना देउ’ सार्वजनिक गरेकी छिन् । गतिको भिडियो पनि बनेको छ । 

विहिबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गीतको भिडियो डान्स रियालिटी सो ‘छमछमी सिजन ३’का फस्ट रनर अप मनिता राई, मनि के राई, दिपेश राई र सपना मगरमाथि फिचरिङ गरिएको छ । गीतमा मंगल राईको शब्द, र गायिका मिनाकै संगीत रहेको छ । 

गोदावरी ओरीपरी छायाँकन गरिएको भिडिया देवराज गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । 

कार्यक्रममा गायिका मिनाले भनिन् ‘मेरो सिर्जना र आवाजलाई मन पराएर साथ दिइरहनु भएको छ, सबैप्रति एकदमै खुशी र आभारी छु ।’ उनले थपिन् ‘फेरि अर्को नयाँ प्रयास गरेकी छु । गीत सुनेर सललाह र सुझाव दिनुहोला ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप