मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्तनपान गराएको तस्बिरविरुद्ध मुद्दा दर्ता गर्दा हाइकोर्टले भन्यो, ‘अश्लिलता हेर्नेको आँखामा हुन्छ’

शुक्रबार, ०८ असार २०७५, १२ : १७
शुक्रबार, ०८ असार २०७५

मलयायम म्यागजिन ‘गृहलक्ष्मी’ विरुद्ध दर्ता गरिएको याचिकालाई केरल हाईकोर्टले खारेज गरेको छ ।

मार्च महिनाको इस्यूको कभर पेजमा एक महिलाले आफ्नो नवजात शिशुलाई स्तनपान गराइरहेको तस्बिर छापेको थियो । उक्त तस्बिरमा मोडल, राइटर र एयरहोस्टेस गिलु जोसेफ एक नवजातलाई दुध खुवाइरहेकी छिन् ।

उक्त कभरमा स्तनपानको क्रममा घुरेर हेर्नेहरुलाई सन्देशसहित लेखिएको छ, ‘केरलमा आमाहरुले भनिरहेका छन्, कृपया नघुर्नुहोस्, हामीलाई स्तनपानको आवश्यकता छ ।’

म्यागजिन छापिएको एक हप्तापछि नै सोसल मिडियामा विवाद सुरु भएको थियो । उक्त तस्बिरलाई कामूक भनियो । यसका साथै यसले धार्मिक र साम्प्रदायिक भावनालाई ठेस पुर्याएको भन्दै केरलको कोल्लम सिजेएम कोर्टमा यसविरुद्ध मुद्दा दर्ता गरियो ।

बिहिबार अदालतले यसबारे निर्णय सुनाउँदै भन्यो, ‘जसरी सुन्दरता हेर्नेहरुको आँखामा हुन्छ भनिन्छ, यसरी नै अश्लिलता पनि हेर्नेहरुकै आँखामा हुन्छ । हामीलाई लाग्दैन कि यो फोटोमा केही अश्लिलता छ, न नै यसको क्याप्सन पुरुषका लागि अपत्तिजनक छ ।’

चिफ जस्टिस एन्टोनी डोमिनिक र जस्टिस डामा सेशाद्री नायडूको बेन्चका अनुसार भारतीय कलाले सधैं मानिसको शरिरलाई निकै सुन्दर तरिकाले देखाएको छ, चाहे त्यो कामसूत्र होस्, राजा रवि वर्माको पेन्टिङ होस् वा अजन्ताको मूर्ती । उक्त बेन्चले पहिलेका मानिसहरु धेरै समझदार भएको बताए ।

स्मरण रहोस्, मुद्दा दर्ता गर्ने वकिल विनोद म्याथ्यू विल्सनका अनुसार यो तस्बिर निकै कामुक र महिलाको गरिमालाई निच देखाउँछ । म्यागजिनको कभर पेजको विरोध गर्नेहरुले जोसेफ इसाई भएपनि उनले मंगलसूत्र र सिन्दुर लगाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप