शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पण्डित बाजेको लौरी’को ट्रेलरमा ‘बादी’ को कथा ?

शुक्रबार, ०८ असार २०७५, १२ : ११
शुक्रबार, ०८ असार २०७५

काठमाडौं – ४ साउन प्रदर्शन मिति तय गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’ले ट्रेलर सार्वजनिक गरेको छ । कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘‘बादी’ को कथाका झलक समेत देखाइएको छ । 

ट्रेलर हेर्दा कलाकार बिजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’ रुपमा रहेको अनुमान लगाउन सकिन्छ ।

एउटा सानो गाउँमा पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथा उठाएको चलचित्रले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ ।

तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डित समुदाय बीचको सम्बन्धलाई चलचित्रले देखाउन खोजेको निर्देशक दीपक ओलीले बताए ।

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको समेत अभिनय समेटिएको छ । 

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर  पाण्डेको छायांकन, मित्रडि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप