शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नराम्रो सोचले फ्यानसँग डेट गरेको छैन– अभिनेता विनोद

शुक्रबार, ०८ असार २०७५, १२ : ०१
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ– करिब एक दशकअघि ‘मिस्टर काठमाडौँ’ हँुदै मोडलिङ रोजेका विनोद न्यौपाने अहिले आएर नेपाली कलाकारितामा विकाउ अनुहार भएका छन् । करिब एक सय हाराहारीका म्युजिक भिडियो अभिनय अनुभव सँगाल्दै चलचित्रमा अभिनयमा होमिएका उनी ठूलो पर्दामा भने ‘त्यो दश घण्टा’ चलचित्रबाट डेब्यु गरेका हुन् । केही पहिले सार्वजनिक ‘कान्छी’, ‘कोहलपुर एक्सप्रेस’ हुँदै रिलिजको तयारीमा रहेको ‘यो पागल मन’सम्म आइपुग्दा चलचित्रको सङ्ख्या आधा दर्जन नाघिसकेको छ । ‘त्यो दश घण्टा’ पछि ‘अप्रिल फुल’, ‘तोरी लाउरे’समेत अभिनय गरेका उनको ‘कमलेको बिहे’ प्रदर्शनमा आउन बाँकी अर्काे चलचित्र हो । ‘अप्रिल फुल’, ‘कान्छी’लगायत केही चलचित्रमा खलनायकको रूपमा देखिएका उनी प्रदर्शनको तयारीमा रहेको ‘यो पागल मन’मा भने नायकको रूपमा अभिनय गरेका छन् । नायक, खलनायकभन्दा पनि आफू एक कुशल कलाकार भएकाले जुनै भूमिका पनि निर्वाह गर्न सक्ने उनले बताए । ५ फिट १० इन्च अग्ला अभिनेता विनोदसँग रातोपाटीको दश प्रश्न ।

लुक्स राम्रो बनाउन मिहिनेत कति गर्नुहुन्छ ?
–म सिम्पल भएर हिँड्न रुचाउँछु । आफ्नो लुक राम्रो देखाउन मिहिनेत गरिरहने पुरुषहरूमा पर्दिनँ म । कपालमा हल्का तेल र दाह्री जुँगा काटेर हिँड्न रुचाउँछु । अनुहारमा क्रिम, फेसवास लगायत कुनै पनि प्रकारको सौन्दर्यका साधन प्रयोग गरेको मलाई मन पर्दैन ।

फिट्नेस गर्नुहुन्छ ?
– गर्छु । नियमित जिम जान्छु । आफूलाई डाइटिङमा राख्छु । तर चलचित्रका कामले केही समय भयो फिटनेसतिर ध्यान दिन सकेको छैन ।

फेसनमा रुचि त होला नि ?
– टिपटप बनेर हिँड्न कसलाई मन पर्दैन होला र ? राम्रो बनेर हिँड्ने भन्दैमा जस्तो पनि फेसन गर्दिनँ । प्रायः समय क्याजुअल पहिरन लगाउन मनपर्छ । विशेष कार्यक्रम, चलचित्र अवार्ड लगायतमा सुट पाइन्ट नै प्रायेग गर्न मनपर्छ ।

पूरा नभएको सपना ?
– आर्मीमा जागिर खाने सानैदेखिको इच्छा थियो । ब्रेनको समस्याले पूरा हुन पाएन । यो नै मेरो जीवनको सबैभन्दा ठूलो दुःख पनि हो ।

कस्तो खालको केटा ?
– रमाइलो गरिहनुपर्ने, एक्लै बस्न नरुचाउने खालको स्वभाव छ मेरो । साथीभाइहरूको ग्रुपमा बस्न रुचाउँछु ।

घुम्न कतिको मनपर्छ ?
यो मेरो अर्काे रुचिको विषय हो । समय मिलेसम्म, नयाँ नयाँ ठाउँ घुमिरहेको हुन्छु । 

मनपर्ने गीत सङ्गीत ?
– रोमान्टिक खालका गीत सङ्गीत धेरै सुन्ने गर्छु । यसबाहेक आधुनिक गीत सङ्गीततिर पनि मन लाग्छ । 

फिल्मको हिरो, युवतीहरूले विभिन्न अफर त दिन्छन्, होला नि ?
– अनेक खालका अफर दिन्छन् नि । कामको व्यस्तता हेरेर मिलाएर भेट्ने गरेको छु । ती युवती मात्र भेट्छु, जो जेन्युन लाग्छ । सँगै बसेर कफी पिउने डेटिङ धेरैसँग गरिसकेछु । विभिन्न नराम्रो सोच लिएर अहिलेसँग फ्यानसँग डेट गरेको छैन ।

राम्रो लाग्ने हिरोइन ?
– केकी अधिकारी, ऋचा शर्मा, प्रियङ्का कार्की हुन् । यी हिरोइन, काम र व्यवहार दुवै कोर्णबाट राम्रो लाग्छ ।

राजनीतितिर रुचि छ कि छैन ?
– राजनीति नभए देश चल्दैन । राजनीति त्यस्तो विषय रहेछ । जुन नभई पनि हुँदैन । धेरै भएर पनि काम छैन । भर्खर मिलेर हिँडेको मानिस एकै छिनमा राजनीतिका कारणले काटाकाट गर्न पनि पछि पर्दैनन् । त्यसैले राजनीति मैले कहिलै पनि बुझ्न सकिन । म सिम्पल लाइफमा विस्वास गर्ने भएकाले पनि होला । राजनीति मेरो दिमागले भ्याउदिन भन्छु । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप