बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए सोल्टिनी’को यस्तो छ टाइटल गीत

शुक्रबार, ०८ असार २०७५, ११ : ५७
शुक्रबार, ०८ असार २०७५

काठमाडौं – अर्काे शुक्रबार अर्थात १५ असारबाट प्रदर्शनमा आउने चलचित्र ‘ए सोल्टिनी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता सबिन श्रेष्ठ, अर्जुन गुरुङ, गंगा रानामगर लगायत कलाकार देखिएका छन् । 

सुवास नेपालीको स्वर रहेको चलचित्रका निर्देशक निमा लामा तामाङको शब्द, संगीत र अभि लामाको कोरियोग्राफी  रहेको छ । 

प्रदर्शन मिती नजिकिदै गर्दा ‘ए सोल्टिनी’ पनि आफ्नो प्रचार प्रशारलाई तीव्र बनाएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ रहेकी छिन् । 

जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, ज्ञानबहादुर जिम्वा, गंगा रानामगर, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप