बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कथित प्रेमी निक जोनाससँग मुम्बई फर्किइन् प्रियंका चोपडा, फोटो खिच्न खोज्दा सिसामा कभर लगाइन्

शुक्रबार, ०८ असार २०७५, ११ : ४८
शुक्रबार, ०८ असार २०७५

बलिउड नायिका प्रियंका चोपडा आफ्नो कथित प्रेमी निक जोनाससँग मुम्बई फर्किएकी छिन् ।

बिहिबार राती प्रियंकालाई अमेरिकी गायक निक जोनाससँग मुम्बई एयरपोर्टमा देखिएको भारतीय संचारमाध्यमले बताएका छन् ।

प्रियंकाले एयरपोर्टमा भएका फोटोग्राफर र मिडियासँग बच्ने पुरा कोसिस गरेको बताइन्छ । स्रोतका अनुसार दुबै झटपट एयरपोर्टबाट निस्किए र गाडीमा बसे । प्रियंका र निक गाडीमा सँगै बसेका देखिए । क्यामराबाट बच्नका लागि प्रियंकाले कारको सिसामा कभर चढाएकी थिइन् ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने प्रियंका र निक निकै सिरियस छन् र सम्बन्धलाई अर्को लेभलमा लैजान चाहन्छन् । निक र प्रियंका लिभइनमा बस्ने पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप