बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राईडे रिलिज : एक्लै रिलिज भयो ‘तिमी हुन्छौ जहाँ–जहाँ’

शुक्रबार, ०८ असार २०७५, ११ : ०२
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ । चलचित्र प्रदर्शनमा लागि सधै तछाडमछाड गर्ने निर्माताहरु यो साता सेलाएका छन् ।

सायद, त्यसैले पनि होला आज शुक्रबारबाट एकमात्र चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ । 

फ्राइडे रिलिजको परम्परा धान्दै यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । राजधानी र मोफसल गरि ७५ चलचित्र भवनमा ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न सकिने निर्माता मदन दवाडीले जानकारी दिए ।

अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माता मदनको छ ।

मदनसँगै डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत चलचित्रमा लगानी छ ।

विकाश बस्यालको निर्देशन रहेको र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । वर्षा शिवाकोटीले यसमा अतिथि भूमिका निर्बाह गरेकी छन् । 

‘तिमी हुन्छौ जहाँ जहाँ’ मा रामशरण उप्रेतीको छायाँकन, कबिराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप