शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा स्केटबोर्ड प्रतियोगिता सम्पन्न

शुक्रबार, ०८ असार २०७५, १० : ४४
शुक्रबार, ०८ असार २०७५

पोखरा  । अन्तर्राष्ट्रिय ओलोम्पिक दिवश मनाउने क्रममा पोखरामा स्केटबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा सिनिअर तथा जुनिअर विधाअन्तर्गत विभिन्न विधा स्ट्रीट स्केटबोर्ड, पार्क स्केटबोर्ड, बेस्ट रन, गेम अफ स्केटमा क्रमशः सुनिल गुरुङ, उगेन राई, बिज़न सप्कोट्टा  र सन्तोष पुन  बिजयी भएका छन् ।

प्रतियोगितामा १०० जना खेलाडीहरुको सहभागिता रहेकको थियो, १०० जना मध्ये बाट २० जना अन्तिम लिस्टमा पर्न सफल भएका थिए, सो २० जना मध्येबाट गरिएको फाइनलबाट प्रथम, द्वितिय, त्रितीय तथा सान्तवना छनोट गरिएको थियो । प्रतियोगितामा बिजयी खेलाडीले  मेडल, शिल्ड प्रमाण पत्र  तथा एक–एक थान स्केटबोर्ड प्राप्त गरेका छन् ।

प्रतियोगितामा पोखराका अशिम तुलाचन अनुशासित खेलाडी घोषित भए भने पोखराकै सन्तोष गुरुङ उत्कृष्ट खेलाडी भए ।

यस अघि प्रतियोगिताको उद्दघाटन प्रदेश न। २ कि संसद मंजु यादव पश्चिमान्चल खेलकुद बिकास समिति अध्यक्ष खगराज पौडेल ले संयुक्त रुपमा गर्नु भएको थियो ।

बिजयी खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब रेम बहादुर बिश्वोकर्मा, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका राष्ट्रिय अध्यक्ष अच्युत खनाल, सचिब रामचन्द्र कोइराला, कास्की जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष सुनिल छेत्री, सचिब तारानाथ अधिकारी  र सहसचिब दिबेन भट्टराईले, ट्रफी, प्रमाणपत्र र स्केटबोर्ड  प्रदान गरेका थिए ।

समापन कार्यक्रम प्रतियोगिता संयोजक रामचन्द्र कोइरालाको अध्यक्षतामा भएको थियो । प्रतियोगिता पोखरा रंगशालामा रहेको अन्नपुर्ण स्केटपार्कमा सम्पन्न भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप