शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोगी माटोले औषधी–उपचार पाउने, गाई–भैसीलाई सुत्केरी भत्ता

शुक्रबार, ०८ असार २०७५, १० : २३
शुक्रबार, ०८ असार २०७५

गुल्मी । बुधवार धुर्कोट गाउँपालिकाले सार्वजानिक गरेको नीति तथा कार्याक्रम यति बेला चर्चाको विषय बनेको छ । निर्जिव माटोलाई परिक्षण गर्ने र रोगी भए उपचार गरी उत्पादन बृद्धि गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अहिलेसम्म मान्छेले समेत आर्थिक अभावका कारण उपचार पाउन नसकेर अकालमा मृत्यु वरण गर्नु परिरहेको बेला धुर्कोट गाउँपालिकाले भने निर्जिव माटोलाई पनि उपचार गरेर उन्नत बनाउने योजना अघि सारेको हो । 

यसअघि जिल्लामै पहिलो पटक खरको छानारहित धुर्कोटको उद्घोष त्यसै गाउँपालिकाले  गरेको थियो । त्यस्तै, अहिलेसम्म दासकै व्यवहार भोग्न बाध्य भएका कटुवालहरुलाई देश मै पहिलो पटक तलब तोक्ने पनि धुर्कोट गाउँपालिका हो ।

यसको साथै देश पशु चौपायलाई समेत सुत्केरी भत्ता आफैमा एउटा रोचक विषय धुर्कोट गाउँपालिकाले उठान गरेको छ । 

अन्य स्थानिय तहको तुलनामा  विकास कार्यमा सत्ता पक्ष र कोही प्रतिपक्ष नभएको त्यस गाउँपालिकाको विशेषता हो । तत्कालिन माओवादी केन्द्रबाट प्रमुख बनेका पोखरेल, उपप्रमुख शिवबहादुर खत्री विचारका मात्रै फरक होलान् तर विकास कार्यमा उनीहरुको साझा भिजन  छ ।

 प्रतिपक्षका रुपमा रहेको तत्कालिन एमालेका नेता कृष्ण घिमिरे लगायतको उनका स्थानिय नेता कार्यकर्ता पनि यतिबेला सत्ता पक्षनै बनेका छन् । उनिहरु विच नीति तथा कार्याक्रम तयार पार्ने बेलामा पनि  हालसम्म साझा सहमति जुट्दै आएको छ ।  

प्रमुख प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापासहित त्यहाँको कर्मचारीतन्त्रमा पनि युवाहरुको जमात छ जसमा केहि गरेरै देखाउँ भन्ने सोचका पाइएको छ ।

जनप्रतिनिधी र  कर्मचारीबीचको राम्रो तालमेल त्यहाँको एउटा उदाहरण पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप