केन्द्रीय संस्करण

केलर नाभास

person access_timeअसार ८, २०७५ chat_bubble_outline0

ब्राजिलसँग विश्वकै आक्रामक टोली हुनक्छ । तर, कोस्टारिका पनि कम छैन किनकी त्यस्तो आक्रमण निस्तेज पार्नसक्ने गोलकिपर कोस्टारिकामा छन् । 

रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने यी गोलकिपर ठूला खेलका खेलाडी मानिन्छन् । उनले महत्वपूर्ण समयमा उत्कृष्ट बचाउ गर्दै टोलीको रक्षा गर्ने गरेका छन् । गत संस्करणको विश्वकपमा यी गोलकिपर चम्कँदा उरुग्वे र इटलीलाई कोस्टारिकाले हराएको थियो । त्यस्तै, इङ्ग्ल्यान्डविरुद्ध बराबरी खेलेको थियो । 

सन् २०१५–०१५ को सिजन उनले च्याम्पियन्स लिगका सुरुवाती ८ खेलमा कुनै गोल खाएनन् । जसका कारण प्रतियोगिताकै सर्वाधिक क्लिन सिट पाउने गोलकिपरको सूचीमा उनको नाम जेन्स लेम्यानपछि दोस्रो स्थानमा रहन गयो ।  सन् २०१६–०१७ मा रियलले स्पेनिस ला–लिगा र च्याम्पियन्स लिग जित्दा यी खेलाडीले नै गोलपोस्टको जिम्मा लिएका थिए । 

यस सिजनमा उनले रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा ११ खेले खेले । त्यस क्रममा रियलले ऐतिहासिक रुपमा तेस्रोपल्ट च्याम्पियन्स लिग जित्यो । नाभासले राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ