बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिस नेपाल यूएसका लागि राजिव श्रेष्ठ फोटोग्राफरमा नियुक्त

शुक्रबार, ०८ असार २०७५, ०८ : १७
शुक्रबार, ०८ असार २०७५

वाशिंगटन डिसी - फोटोग्राफर राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन् । 

अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई  नियुक्त गरिएको हो । श्रेष्ठ झन्डै ३ दशकदेखि फोटोग्राफीमा सक्रिय छन् । 
 
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अगस्ट १९ आइतबार मिस नेपाल यूएस प्रतियोगिता हुँदैछ ।  

प्रतियोगितको बिजेतालाई ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने आयोजकले बताएको छ । 

प्रतियोगितामा १८ देखि २९ बर्षका नेपाली मूलका युवतीले सहभागिता जनाउन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप