शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समिति गठनमा दलहरुकै अलमल

शुक्रबार, ०८ असार २०७५, ०७ : ३६
शुक्रबार, ०८ असार २०७५

काठमाडौं - दलहरुले संसदको नाम सिफारिस नगर्दा संसदीय समिति गठन हुन सकेको छैन । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

कसलाई कुन समितिमा राख्ने भन्ने नामावली उनीहरुले नपठाउँदा समिति गठन प्रक्रिया अघि बढ्न नसकेको जानकारी संसद सचिवालयले दिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संसदबाट पारित भएलगत्तै संसद सचिवालयले संसदीय दलका कार्यालयहरुलाई समितिमा बस्ने सांसदको नामावली पठाउन आग्रह गरेको थियो । 

प्रतिनिधिसभा नियमावली पारित भएको दुई साताभन्दा बढी भइसकेको छ । दलहरुले बेलैमा नाम नपठाउने हो भने असार मसान्तसम्म पनि समिति गठन हुन नसक्ने संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप