शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

शुक्रबार, ०८ असार २०७५, ०७ : २८
शुक्रबार, ०८ असार २०७५

काठमाडौ - चिनियाँ रेल काठमाडौं ल्याउन नेपाल र भारतबीच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छ ।

नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेपछि मात्रै लगानीको मोडालिटी टुंगो लाग्नेछ ।

केरुङबाट काठमाडौं रेल पुर्याउन चिनियाँ प्रविधिअनुसार करिब ३ खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । 

तर त्यो रकम कसले खर्च गर्ने अहिलेसम्म स्पष्ट भएको छैन । नेपालले खर्च गर्ने हो भने सम्पूर्ण विकास खर्चले पनि थेग्न सक्दैन । 

किनकि अर्थमन्त्री डा. युवराज खतिवडाले छुट्याएको कुल विकास खर्च ३ खर्ब १२ अर्ब छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप