शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको जम्बुडाँडामा गोली चल्यो : खुँडे डाँका घाइते

बिहीबार, ०७ असार २०७५, २० : १३
बिहीबार, ०७ असार २०७५

काठमाडौं । राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा खुँडे भन्ने अम्बर बहादुर  तामाङ घाइते भएको प्रहरीले बताएको छ । 

सिन्धुपाल्चोक बाह्रबिसे घर भएका अम्बर तामाङको खुट्टामा २ राउन्ड गोली लागेको अपराध महाशाखाले जनाएको छ । तामाङलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, तामाङको साथबाट ७ बण्डल नक्कली नोटको डलर बरामद भएको महाशाखाले जनाएको छ ।

को हुन् अम्बर तामाङ ?

अम्बरले गत जेठ २५ गते  डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट गरेका थिए । 

चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका विरेन तामाङलाई बोलाई अम्बरले १८ लाख लुटपाट गरेको प्रहरीले बताएको छ । 

अम्बरले डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने बताएपछि  विरेन तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका थिए ।  

 

डलर साँट्न भन्दै बोलाएर भक्तपुरबाट लुटियो १८ लाख


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप