शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संकट टार्न लिएको २.९ अर्ब डलर जर्मनीलाई फिर्ता

बिहीबार, ०७ असार २०७५, १९ : ५२
बिहीबार, ०७ असार २०७५

जर्मनी । जर्मनीले सन् २०१० पछि ग्रीसको आर्थिक सङ्कट टार्न सहयोग स्वरूप प्रदान गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर रकम ग्रीसबाट फिर्ता पाएको जर्मनेली सरकारको एएफपीलाई बिहीबार प्राप्त प्रतिवेदनमा जनाइएको छ । 

‘दक्षिणपन्थी समूहले ग्रीस सङ्कटबाट जर्मनीले व्यापक फाइदा लिएको भनी फैलाइएको अफवाहको विपरित हुनेगरी जर्मनीले ग्रीसबाट रकम फिर्ता पाएको छ,’ ग्रीन पार्टीका सांसद सेन–क्रिश्चियन काइन्डलरले भने । 
‘ग्रीसको संघीय सरकारले जर्मनीबाट यस पहिले लिएको अर्बौंको ब्याज सवै तत्काल बुझाउँछ भन्न त सकिँदैन तर केही भएपनि फिर्ता पाएको छ, यो निकै सकारात्मक कुरा हो, ’ उनले भने । 

जर्मनीको केन्द्रीय बैंकबाट प्राप्त वक्यौता तिरेको वित्त मन्त्रालयको कागजातमा गत वर्षको अन्त्यसम्ममा जमानत रकमको व्याजस्वरूप तीन अर्ब ५० करोड अमेरिकी डलर फिर्ता पाएको हो । 

फ्राङ्कफर्टका अधिकारीले भने, सुरक्षित बजार कार्यक्रमअन्तर्गत ग्रीक ऋणलाई फिर्ता गरेको हो । यो वित्तीय बजारलाई शान्त पार्न यूरोपेली केन्द्रीय बैंकले बनाएको जमानत फिर्तासम्बन्धी कार्यक्रम हो । 

सन् २०१२ को फेब्रुअरीमा यूरो समूह राष्ट्रहरूको बैठकमा यहाँका वित्तमन्त्रीहरू सङ्कटका समय जमानत दिन र सङ्कटग्रस्त मुलुकलाई सघाउन सहमत भएका थिए । सन् २०१३ मा जर्मनीको केन्द्रीय बैंकमार्फत ५ अर्ब २७ करोड यूरो ग्रीस पठाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप