बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हिंसा भड्कियो,  ५९ सुरक्षाकर्मी र १६ तालिबान मारिए

बिहीबार, ०७ असार २०७५, १९ : ४९
बिहीबार, ०७ असार २०७५

मानाना । अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् । 

बिहीबार उत्तरी प्रान्त फर्याबको एक जिल्लामा रहेको सुरक्षाचौकीमा तालिबान आतङ्ककारी समूहले आक्रमणमा गरी कम्तीमा १६ सुरक्षाकर्मीको हत्या गरेका छन् । 

उक्त प्रान्तको प्रान्तीय परिषद्का उपप्रमुख सिब्घातुल्लाह सिलाबले सो आक्रमणको पुष्टि गरेका छन् ।  

त्यसैगरी अफगानिस्तानको पश्चिमी भागमा पर्ने दुइ प्रान्तमा रहेका सुरक्षा चौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी ४५ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् । 

बाद्घिस प्रान्तको बाल मुर्घाब जिल्लामा पनि सैनिक पोष्टमा आतङ्ककारी आक्रमण भएको थियो । त्यहाँ कम्तीमा ३० अफगान सैनिक मारिएका छन् । 

सरकारी अधिकारीका अनुसार यस आक्रमणको क्रममा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो झडपमा परी १६ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य १५ जना घाइते भएका छन् । 

त्यसैगरी फराह प्रान्तमा भएको यस्तै आतङ्ककारी आक्रमणमा परी १५ सुरक्षा अधिकारी मारिएका छन् । 

यसप्रकार सरकारको तर्फबाट लम्ब्याइएको युद्धविराम समाप्त हुन नपाउँदै सुरक्षा अधिकारीमाथि नै तालिबानले भीषण आक्रमण गरेका थिए । 

सरकारले इद पर्वका लागि गरेको युद्धविराम गत मङ्गलबारको मध्यराति सकिएको छ । त्यसैगरी तालिबानले गरेको युद्धविरामको समय भने गएको सोमबार सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप