नेकपाले गर्यो बेइजिङ सम्झौताको स्वागत
बिहीबार, ०७ असार २०७५, १९ : ४७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पूर्वाधार निर्माण सम्बन्धि सम्झौताको स्वागत गरेको छ । विहिबार साँझ पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको रेल विस्तार लगायत पूर्वाधार विकासमा दुईपक्षीय सम्झौता हुनु सुःखद भएको भन्दै त्यसलाई स्वागत गरेको हो ।
पार्टी कार्यवहाक अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति सम्झौताबारे बैठकलाई जानकारी गराउनुको साथै समसामयिक विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
चीन भमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खस्याङबीच बिहीबार केरुङ हुँदै काठमाडौं आउने इलेक्ट्रिक कार्गो रेल सञ्चालन लगायत विषयमा १० बुँदे सहमति र ४ बुँदे समझदारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ सदस्यीय जुडो टोली मंगलबार राति थाइल्यान्ड जाने
-
कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई योद्धा सम्मान प्रदान
-
नयाँ राजनीतिक दलबारे प्रधानमन्त्रीको टिप्पणी: चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन
-
शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक : मन्त्री दाहाल
-
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने
-
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली