नेकपाले गर्यो बेइजिङ सम्झौताको स्वागत
बिहीबार, ०७ असार २०७५, १९ : ४७
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पूर्वाधार निर्माण सम्बन्धि सम्झौताको स्वागत गरेको छ । विहिबार साँझ पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको रेल विस्तार लगायत पूर्वाधार विकासमा दुईपक्षीय सम्झौता हुनु सुःखद भएको भन्दै त्यसलाई स्वागत गरेको हो ।
पार्टी कार्यवहाक अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति सम्झौताबारे बैठकलाई जानकारी गराउनुको साथै समसामयिक विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
चीन भमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खस्याङबीच बिहीबार केरुङ हुँदै काठमाडौं आउने इलेक्ट्रिक कार्गो रेल सञ्चालन लगायत विषयमा १० बुँदे सहमति र ४ बुँदे समझदारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण