शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाबालक साहको हत्यामा संलग्न कोही पनि उम्किन पाउँदैनः प्रभु साह

बिहीबार, ०७ असार २०७५, १९ : १६
बिहीबार, ०७ असार २०७५

सञ्जय  मिश्रा

रौतहट– पूर्वमन्त्री एवं सांसद प्रभुु साहले नाबालक युुवराज साहको हत्यामा संलग्न कोही पनि उम्किन नसक्ने दावी गरेका छन् । कटहरिया नगरपालिका वडा ९ डुुमरियास्थित पिडित परिवारसँग बिहिवार भएको भेटघाटको क्रममा पूर्वमन्त्री साहले सो दाबी गरेका हुन् ।

सांसद साहले आफुु र पुुरै सरकार न्यायको पक्षमा उभिएकाले कुनै पनि बहानामा कोही अपराधी जोगिन नसक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  यो घटनाका सम्बन्धमा अपराधीलाई कडा से कडा सजाय दिलाउन आफुले सदनमा समेत आवाज उठाएको बताउँदै उनले कुनै सुनुवाई नभए आफुहरु आन्दोलन गर्न समेत पछि  नपर्ने चेतावनी दिए ।

पीडित परिवारसँगको भेटका क्रममा प्रदेशसभा सांसद कुुन्दन कुुश्वाहा,पुूर्व सांसदद्धय देवेन्द पटेल,सत्यनारायण भगत, नेकपाका युुवा नेता युुवराज भट्टराई समीर लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच बारा प्रहरीको लापरवाहीको कारण १२ बर्षीय नाबालक युुवराज साहको हत्यामा संलग्न रहेको आरोप लागेका एकजना प्रहरी जवान फरार भएको पडित परिवारले बताएका  छन् । 

नाबालक हत्याका मुुख्य योजनाकार कटहरिया नपा वडा ९ का वडा अध्यक्ष रामाज्ञा यादवका आफनै भाई प्रहरी जवान होशनारायण यादव बारा प्रहरीको गैरजिम्मेवारीका कारण फरार भएको मृतकका ठुुलोबुुवा उधोगपति ओमप्रकाश जयसवालले बताए ।

उता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन्द्र केसीका अनुुसार घटनालगतै अभियुुक्त प्रहरीलाई हाजिर गराउन लिखित पत्र पठाएको र पटक–पटक मौखिक तागेदा गर्दा पनि बेवास्ता गरिहेकै बेला उनी सम्पर्कबिहिन भएको बताए । सम्पर्कबिहिन भएकाले उनको खोजी भइरहेको समेत एसपी केसीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप