शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी नायब निरीक्षकविरुद्ध आरोपपत्र दायर

बिहीबार, ०७ असार २०७५, १९ : १३
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित आज विशेष अदालत काठमाडौंँमा आरोपपत्र दायर गरेको छ । 


अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप