शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ्ग ह्याविट परिबर्तन गराउन बजारमा आयो लोन प्लस डिपोजिट डट कम

बिहीबार, ०७ असार २०७५, १९ : ००
बिहीबार, ०७ असार २०७५

काठमाडौं । आस्क मी मेनेजमन्ट ले loanplusdeposit.com अनलाईन सर्भिस आजै देखि लागु हुने गरि बजारमा लन्च गरेको छ । यस क्षेत्रमा केहि नयाँ गर्ने सोचका साथ loanplusdeposit.com अनलाईन सर्भिस लन्च गरेको आस्क मी की प्रबन्ध निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन् ।

loanplusdeposit.com आस्कमी मैनेजमन्ट मातहतको यक विल्कुलै नया कन्सेप्ट मा आधारित अनलाइन सर्भिस हो । यो नया अनलाईन इन्जिनले ग्राहकहरुको बैंकिङ्ग ह्याविट लाई पूर्ण रुपमा परिबर्तन गर्ने क्षेत्रीको दावी छ । 

loanplusdeposit.com को मूख्य उद्देश्य ग्राहकहरुलाई यकै छातामार्फत सम्पूर्ण बैंकिङ्ग सुबिधा को बारेमा जानकारि दिने हो । जस्ले गर्दा ग्राहकहरु ले आफ्नो हितमा हुनेगरि सुबिधा लिन सक्नेछन् । लोन होस या डिपोजिट, यकचोटी चेक गरे मात्र ग्राहकहरु ले धेरै फाइदा लिन सक्छन ।

आजकाल बैंकहरुको कर्जा तथा डिपोजिट रेट परिबर्तन भई रहने हुँदा ग्राहकहरुले यी सबै कुरा ट्र्याक गरिरहन सक्दैनन तर यो साइटमार्फत सवै जानकारी लिन सकिने आस्क मी ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप