शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘रोमियो एण्ड मुना’ को ट्रेलर

बिहीबार, ०७ असार २०७५, १८ : ३३
बिहीबार, ०७ असार २०७५

काठमाडौं– अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको प्रेमकथामा बनेको चलचित्र ‘रोमिय एण्ड मुना’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार–प्रसारलाई थप बल पुर्याउन ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्र भित्र रहेको केही महत्वपूर्ण दृश्य समेटिएको ट्रेलरमा विनय र श्रृष्टिको अलवा एनिभेसबाट तयार गरिएको राक्षसी रुपको अभिनय समेत देख्न सकिन्छ । आर्ट कलाका दृश्यले बिषेश स्थान पाएको ट्रेलरमा राखिएको  रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन् । 

प्रचार–प्रसारका लागि ट्रेलर महत्वपूर्ण हुने भएकोले चलचित्र भित्र रहेका रहेका केही भेराइटी समेट्ने प्रयास आफुहरुले गरेको निर्माता प्रशन्न गोपालीले बताए । ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र युनिट बिहिबारनै काठमाडौ फर्किएको छ । चलचित्रमा रहने ‘तिम्रै लागि हो’ बोलको एक रोमान्टिक गीत छायाँकनका लागि युनिट केही दिन पहिले चितवन पुगेको थियो । चितवनका प्राक्रृतिक सौदर्यले भरिएको बिभिन्न स्थानमा गीतको छायाँकन सकेर युनिट राजधानी फर्किएको हो । 

चलचित्र प्रचारका लागि अब केही दिनमा युनिट मोफसल टुरमा निस्कने निर्माता गोपालीको जानकारी दिए ।  नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिको अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको समेत अभिनय छ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप